back
NMB ad

२२.६३ %ले बढ्यो निफ्राको नाफा : वितरण योग्य मुनाफा ८० करोड ८५ लाख, कस्ता छन् अन्य सूचकहरु ?

Kumari bank ad

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले गत आर्थिक वर्ष २०७८/७९ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

बैंकको वित्तीय विवरण अनुसार गत आवको असार मसान्तसम्ममा बैंकले १ अर्ब २ करोड ६१ लाख ११ हजार रुपैयाँ नाफा कमाउन सफल भएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने २२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमासमा बैंकले ८३ करोड ७४ लाख १० हजार रुपैयाँ नाफा गरेको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि ४१.२० प्रतिशतले वृद्धि भई १ अर्ब ८८ करोड ६३ लाख २८ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकको यो आम्दानी १ अर्ब ३३ करोड ५९ लाख ९ हजार रुपैयाा रहेको थियो ।

गत आवको असार मसान्तसम्ममा बैंकले संचालन मुनाफा पनि २३.१४ प्रतिशतले वृद्धि भई १ अर्ब ४६ करोड ५७ लाख  ७२ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा बैंकको वितरण योग्य मुनाफा पनि २२.६३ प्रतिशतले बढेर ८० करोड ८५ लाख ३२ हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १ अर्ब ७३ करोड ७० लाख ४३ हजार रुपैयाँ राखेको छ ।

गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर आम्दानी पनि झिनो बढेको छ । अघिल्लो आवको असार मसान्तसम्ममा ४ रुपैयाा १९ पैसा रहेको यो आम्दानी गत आवको सोही अवधिमा भने ४ रुपैयाँ ७५ पैसा कायम भएको छ ।

बेंकको प्रतिसेयर नेटवर्थ मा भने ८ रुपैयाँ ९६ पैसाको गिरावट देखिएको छ । गत आवको असार मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाा ४ पैसा कायम भएको छ ।

वि.सं.२०७९ साउन ६ शुक्रवार १०:५३ मा प्रकाशित

You can share this post!

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

श्रीराम चिनी मिल सञ्चालनका लागि सहमति   

वि.सं.२०८१ जेठ १२ शनिवार ०७:१०

काठमाडौँ : रौतहटको श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालन गर्न सहमति...

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

सहकारीको रकम हिनामिनामा सांसदसहित ३५ जनाविरुद्ध मुद्दा चलाउन सिफारिस   

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:५२

मध्यविन्दु (नवलपरासी) : नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–३ मा...

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

आज १२ जेठ २०८१ शनिवार, हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ जेठ १२ शनिवार ०६:४२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

५७ जिल्लामा फैलियो डेङ्गु, सचेतना अपनाउन आग्रह   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १५:१५

काठमाडौँ, ११ जेठ : डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको...

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

नेपालमा कोरोना भाइरसको नयाँ सव भेरियन्ट पुष्टि   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:५७

काठमाडौँ, ११ जेठः नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव...

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

निलगिरि र अन्नपूर्ण हिमाल काग–भुषुण्डीको निवासस्थल   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १४:३६

गलेश्वर (म्याग्दी), ११ जेठ : हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि...