back
NMB ad

राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनीमा नेपाल बैंकको एटिएम संचालन

Kumari bank ad

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले काठमाडौंको रामशाहपथ स्थित राष्ट्रिय बिमा संस्थान र राष्ट्रिय बिमा कम्पनी लि.को प्राङ्गणमा एटिएम संचालनमा ल्याएको छ ।

साउन ९ गते सोमवार आयोजित एक कार्यक्रममा नेपाल बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत तथा राष्ट्रिय बिमा कम्पनी लि.का संचालक समिति सदस्य प्रकाश कुमार अधिकारीले उक्त एटिएमको समुद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रममा राष्ट्रिय बिमा संस्थानका प्रमुख प्रशासक कविराज पाठक, राष्ट्रिय बिमा कम्पनी लि.का प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रराज ओझा तथा नायब प्रमुख कार्यकारी अधिकृत शुभास कोइराला, नेपाल बैंक काठमाडौं बैंकिङ्ग अफिसका प्रमुख सुन्दर पन्थि, बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख अर्जुन बहादुर कंडेल लगायतको उपस्थिती रहेको थियो ।

बैंकले नेपालभर २१९ शाखाहरु, १८३ एटिएम साथै ४७ वटा एक्सटेन्सन काउन्टर मार्फत करिब २२ लाख ग्राहकहरुलाई वित्तीय सेवा पुर्याईरहेको छ । बैंक हाल ग्राहक सेवामा व्यापक सुधार गरि आधुनिक बैंकिङ्ग प्रविधि मार्फत बैकिङ्ग सेवा सुविधा प्रदान गर्दै प्रतिस्पर्धि रुपमा अगाडि बढिरहेको छ ।

बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्ति मार्फत नेपाल अधिराज्य बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । दक्ष व्यवस्थापन, यवा कर्मचारी र आधुनिक प्रविधीको समुचित प्रयोग भएसंगै आम नेपालीमा नेपालको पहिलो बैंक नेपाल बैक प्रतिको आकर्षण दिन प्रतिदिन बढ्दै गएको देखिन्छ ।

वि.सं.२०७९ साउन १० मंगलवार ११:३१ मा प्रकाशित

You can share this post!

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

जावलाखेलमा स्नान कक्षसहितको सार्वजनिक शौचालय सञ्चालनमा  

वि.सं.२०८१ वैशाख २७ बिहीवार १८:०९

पाटन (ललितपुर), २७ वैशाख : ललितपुर महानगरपालिकाले जावलाखेलमा स्नान कक्षसहितको...

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

राष्ट्रिय परीक्षा बोर्डको उत्तरपुस्तिकासहित चार पक्राउ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५९

काठमाडौँ, २७ वैशाख : जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले राष्ट्रिय...

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

विजय दिवसको सम्बोधनमा आणविक शक्तिहरू ‘सधैँ सतर्क’ रहेको पुटिनको भनाइ   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:५३

मस्को, २७ वैशाख : राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार आफ्नो आणविक...

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

निजी क्षेत्र सम्मिलित नयाँ चरणको सुधार आवश्यकः अध्यक्ष ढकाल

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:४५

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ...

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

महालक्ष्मी विकास बैंकद्वारा विभिन्न सामाजिक कार्यक्रमहरु सम्पन्न

वि.सं.२०८१ वैशाख २७ बिहीवार १७:०६

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका शाखाहरुद्वारा संस्थागत सामाजिक उत्तरदायित्व...

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

बाल सङ्गठनका पूर्वपदाधिकारीलगायत २० जना विरुद्ध पक्राउ पुर्जी जारी   

वि.सं.२०८१ वैशाख २७ बिहीवार १६:५८

काठमाडौँ, २७ वैशाखः काठमाडौँको नक्सालस्थित बाल मन्दिरको जग्गा हिनामिना प्रकरणमा...