back
NMB ad

साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२ को नोमिनेशन खुल्ला

Kumari bank ad

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको सातौं संस्करणमा दक्षिण एसियाली देशहरुको स्टार्टअपहरुबिच प्रतिस्पर्धा हुने भएको छ । साउथ एसिया स्र्टाअप आइसिटी अवार्ड २०२२ को अनलाइन नोमिनेशन आज बुधवारदेखि खुल्ला भएको छ ।

लिभिङ विथ आइसिटीको आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुन लागेको ‘आइसिटी अवार्ड २०२२’ अन्तर्गत पहिलोपटक दक्षिण एसियाली देशहरुलाई लक्षित गरेर अवार्डको घोषणा गरिएको आयोजकले जानकारी दिएको छ ।
यस अवार्ड विधामा दक्षिण एसियाली देशहरु भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान, अफगानिस्तान, माल्दिप्सका ४ वर्ष ननाघेका आइटी तथा डिजिटल स्टार्टअप कम्पनीहरुले नोमिनेशन दर्ता गर्नसक्नेछन । यस विधाको लागि विभिन्न देशका विज्ञहरु सहितको छुट्टै छनौट समिति रहनेछ ।

सन् २०१६ बाट सुरु भएको आइसिटी अवार्ड हरेक वर्ष परिस्कृत र विस्तारित रुपमा आयोजना हुदै आइरहेको छ । यस वर्षदेखि अन्तराष्ट्रिय स्तरमा पनि स्टार्टअप इकोसिस्टमको विकास गर्न यस अवार्डलाई घोषणा गरिएको आयोजक समितिका अध्यक्ष राजन लम्सालले बताए । प्रविधि तथा इन्नोभेसनमा दक्षिण एसियाली देशहरु अग्रसर भइरहेको अवस्थामा यस अवार्डले दक्षिण एसियाली देशहरुमा थप सहकार्यको बातावरण बन्ने लम्सालको भनाई छ । यसअघि विभिन्न ११ विधाहरुको लागि नोमिनेशन खुल्ला भइसकेको छ ।

यस वर्ष नोमिनेशन खुल्ला गरिएको ११ अन्य विधाहरुमा स्टार्टअप आइसिटी अवाड (नेपाल), प्रडक्ट आइसिटी अवार्ड, राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड गरी ३ विधाहरू स्टार्टअप तथा इन्नोभेसन सम्वन्धित विधाहरु रहेका छन । आइसिटीको क्षेत्रमा विशेष योगदान गरेका व्यत्तिहरुलाई दिइने अवार्डका विधाहरुमा पायोनियर आइसिटी अवार्ड, आन्टरप्रेनर आइसिटी अवार्ड, नेपाली डायस्पोरा आइसिटी अवार्ड र वुमन आइकन आइसिटी अवार्ड रहेका छन् ।

यसैगरी प्रविधिको प्रयोग मार्फत उत्कृष्ट सेवा दिने सरकारी तथा निजी संस्थाहरूलाई प्रदान गरिने अवार्डहरूमा डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर), डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर), डिजिटल गभर्नेन्स आइसिटी अवार्ड र डिजिटल सर्भिसेस आइसिटी अवार्ड रहेका छन् ।

आइसिटी अवार्डमा नोमिनेशन दर्ता गर्न प्रतिस्पधी आफै वा अन्य कसैले अनलाइन नोमिनेशन दर्ता गर्न सक्नेछन । अवार्डमा नोमिनेशन गर्न आइसिटी अवार्ड डटओआरजी  वेबसाइटमा गएर विधा छनौट गरी अनलाइन फारम भरेर बुझाउनुपर्नेछ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले पुस पहिलो साता आयोजना हुनेछ । यो ६ महिनाको समय अवार्डलाई हरेक किसिमले उत्कृष्ट र पारदर्शी बनाउन आयोजकले ५ भन्दा बढि चरणमका छनौट प्रकृयालाई अगाडी बढाउनेछ । १२ जना विज्ञ जुरी समिति र १३ जना विशिष्ट सल्लाहकार समिति रहेको यस अवार्डमा २५ भन्दा बढि जुरी मिटिङ सञ्चालन हुनेछन ।

अवार्ड फिनाले अघि स्टार्टअप एण्ड आइडिया फेस्ट लगायतका कार्यक्रमहरु पनि आयोजना हुने बताइएको छ ।

अवार्ड विजेताहरूले विशिष्ट सम्मानसँगै विभिन्न सेवा र सुविधाहरू प्राप्त गर्नेछन् । स्टार्टअप विधाका विजेताले सहुलियतपूर्ण ऋण सुविधा र लगानीको अवसर समेत प्राप्त गर्नेछन् । यसैगरी अवार्डका विजेता र उत्कृष्टले वल्र्ड समिट अवार्डमा पनि सहभागिता जनाउने अवसर प्राप्त गर्नेछन ।

यस कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नाष्ट, एफएनसिसिआई लगायत निजि क्षेत्रका कर्पोरेट संस्थाहरुको सहकार्य तथा सहयोग रहेको छ ।

वि.सं.२०७९ साउन ११ बुधवार १४:४९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...