काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले संस्थापक सेयरधनी आरधाना मल्लको नाममा रहेको ५० हजार कित्ता संस्थापक सेयर बिक्री गर्ने लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मितिले ३५ दिनभित्र कम्पनीको प्रधान कार्यालय लाजिम्पाटमा आईपुग्ने गरि दिनुपर्नेछ ।
बिक्री गरिने संस्थापक सेयरको बिक्री मूल्य नियमानुसार हुने प्रचलित मूल्इ भन्दा कम नहुने कम्पनीले जनाएको छ ।
तोकिएको उक्त म्यादभित्र विद्यमान संस्थापकहरुले सेयर खरिदका लागि आवेदन नदिएको खण्डमा प्रचलित कानून बमोजिम अन्य व्यक्ति संस्थालाई बिक्री गर्न आवश्यक कारवाही अघि बढाउने बताइएको छ ।
वि.सं.२०७९ साउन १२ बिहीवार ११:३० मा प्रकाशित