back
NMB ad

थप दुई बैंकले पाए ऋणपत्र निष्काशनका लागि बोर्डबाट अनुमति, कुनको ब्याजदर कति ?

Kumari bank ad

काठमाडौं । दुई बैंकले ऋणपत्र निष्काशनका लागि अनुमति पाएका छन् । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक र बैंक आफ काठमाण्डूलाई ऋणपत्र निष्काशन गर्न अनुमति दिएको हो ।

हिमालयन बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति पाएको हो । अब बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षका लागि ऋणपत्र निष्काशन गर्नेछ ।

कम्पनीले कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि र भने बाँकी रहेको १५ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशनत तथा बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

यस्तै, बैंक अफ काठमाण्डूले ११ लाख कित्ता ऋणपत्र निष्काशन गर्न बोर्डबाट अनुमति पाएको छ ।
बैंकले वार्षिक १०.५ प्रतिशत ब्याजदरमा आगामी ७ वर्षसम्मका लागि ऋणपत्र निष्काशन गर्नेछ ।

बैंकले कुल कित्तामध्ये ४ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि बाँकी ६ लाख ६० हजार कित्ता व्यक्तिगत तबरबाट बिक्री गर्नेछ ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ साउन १५ आइतवार १४:४४ मा प्रकाशित

You can share this post!

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

धादिङ र चितवनका विकट चेपाङ बस्तीमा प्राधिकरणले बाँड्यो निःशुल्क मिटर

वि.सं.२०८१ जेठ ६ आइतवार १२:५४

काठमाडौँ, ६ जेठ : अतिसिमान्तकृत चेपाङ समुदायको बाहुल्यता रहेको धादिङ...

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

मनाङमा आठ महिनामा नौ सय ५० सवारीचालक कारबाहीमा   

वि.सं.२०८१ जेठ ६ आइतवार १२:४३

मनाङ, ६ जेठ : मनाङमा आठ महिनामा नौ सय ५०...

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

अमलेखगञ्जदेखि लोथरसम्म ‘पेट्रोलियम पाइप लाइन’ विस्तार हुँदै   

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५९

वागमती, ६ जेठः बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पाइप लाइन...

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

बीवाईडी गाडी किन्दा ग्लोबल आइएमई बैंकबाट सहजरुपमा कर्जा पाइने

वि.सं.२०८१ जेठ ६ आइतवार ११:५२

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रा.लि....

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ जेठ ६ आइतवार ११:४३

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउमा नयाँ रेकर्ड...

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द   

वि.सं.२०८१ जेठ ६ आइतवार ०६:३८

तनहुँ, ६ जेठः पृथ्वीराजमार्गअन्तर्गत तनहुँको सदरमुकाम दमौली–जामुनेको वैकल्पिक मार्ग घुम्ती–रानीटारीखण्ड...