काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेञ्चुरी कमर्शियल बैंकको सेयर कारोबार रोक्का भएको छ ।
सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने सम्झौता गरेसंगै नेप्सेमा सेन्चुरीको सेयर कारोबार रोक्का भएको हो । प्रभु बैंक र सेञ्चुरी बैंक मर्जरमा जानका लागि आइतबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।
वि.सं.२०७९ साउन १६ सोमवार ११:०० मा प्रकाशित