back
NMB ad

प्राइम कमर्सियल बैंकले कमायो साढे ३ अर्ब बढी नाफा, वितरण योग्य मुनाफा कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आथिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार बैंकले गत आवमा ३ अर्ब ६८ करोड १२ लाख ३२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा १२.६३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले ३ अर्ब २६ करोड ३१ लाख ८७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

बैंकको गत आवमा खुद ब्याज आम्दानी ८.९२ प्रतिशतले बढेर ६ अर्ब ४७ करोड ९४ लाख ३७ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ११.७७ प्रतिशतले वृद्धि भई ५ अर्ब २३ करोड ६९ लाख ५६ हजार रुपैयाँ कायम भएको छ । गत आवमा बैंकको वितरण योग्य मुनाफा २ अर्ब ३४ करोड ६४ लाख ४ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ६५ करोड ६३ लाख २२ हजार रुपैयाँ रहेको छ । बैंकको जगेडा तथा कोषमा भने ८ अर्ब ८९ करोड ७७ लाख २ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी भने झिनो गिरावट आई १९ रुपैयाँ ७३ पैसा र प्रतिसेयर नेटवर्थ १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १८ बुधवार १२:०८ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...