back
Hero Ad

बज्र ग्रुप ३१ वर्षमा प्रवेश : दशैंसम्म इन्डोनेसियामा उत्पादित वुलिङ ईभी नेपाल भित्र्याउने घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली बजारमा इलेक्ट्रिक स्कुटरको कारोबार गरिरहेको बज्र ग्रुप ३१ वर्षमा प्रवेश गरेको छ ।

सो अवसरमा आगामी दशैं सम्ममा नेपाली बजारका लागि इन्डोनेसियामा निर्मित वुलिङ  ब्रान्डको ईभी भित्र्याउने घोषणा गरेको छ ।

बज्र ग्रुप का म्यानेजिङ डाइरेक्टर प्रकाश बज्राचार्यले अमेरिकी कम्पनी जनरल मोटर्सको सब्सिडी कम्पनीको रुपमा रहेको वुलिङ ईभी नेपाली बजारमा ल्याउने बताए ।

शुरुवातमा एउटा सानो पसलबाट शुरुवात गरेको व्यवसाय कोहलर लगायतका स्यानिटरी हुँदै सन सिटी, बज्र सांग्रिला र मेरो सिटी जस्ता अपार्टमेन्टको व्यवसाय सम्म फैलिएको बताए ।

उनले कोभिडको समयमा मास्कको माग अझै बढ्दै गएको समयमा नेपालमै म्यानुफ्याक्चरिङ प्लान्ट स्थापना गरी बज्र मास्क बजारमा उपलब्ध गराएको र पोस्ट कोभिड पश्चात इलेक्ट्रिक सवारीको माग बढ्दै गएको अवस्थामा बोस कम्पनीको मोटरयुक्त चीनमा उत्पादित लेभ्निङका टु ह्विलर र थ्री ह्विलर बजारमा उपलब्ध गराइरहेको बताए । उनले नेपाली बजारमा उपलब्ध लेभ्निङको थ्री ह्विलर अशक्तहरुका लागि निकै नै प्रभावकारी भएको बताए ।

पहिले स्यानिटरी, त्यसपछि हाउजिङ एन्ड अपार्टमेन्टको व्यवसाय पश्चात मास्क र अब इलेक्ट्रिक सवारीको व्यवसायमा लाग्ने योजनाका साथ बज्र ग्रुपले कार्य गरिरहेको बताए । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले हाल लेभ्निङ इलेक्ट्रिक स्कुटरको बिक्री–वितरण गरिरहेको छ । वुलिङ ईभीको कारोबार पनि ईभी नेपाल मोटर्सले नै गर्नेछ ।

नेपाली बजारमा वुलिङ ईभीका २०० किलोमिटर र ३०० किलोमिटर रेन्ज तथा ५० किलोवाट क्षमता भएको र १०० किलोमिटर प्रतिघण्टाको स्पिडमा जान सक्ने फोर सिटर उपलब्ध गराउने बज्राचार्यले बताए ।

आधारभूत आवश्यकतालाई पुरा गर्न सक्ने र ग्राहकले आफ्नो खर्चले धान्न सक्ने इलेक्ट्रिक कार नेपाली बजारमा उपलब्ध गराउने उनको भनाइ छ ।

वुलिङ ईभीको वेबसाइट अनुसार कम्पनीले वुलिङ एयर ईभी बजारमा उपलब्ध गराइरहेको छ । बज्र ग्रुप अन्तर्गतको ईभी नेपाल मोटर्सले यही ईभी नेपाली बजारमा उपलब्ध गराउने अनुमान गरिएको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १०:३९ मा प्रकाशित

You can share this post!

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

यी चार कम्पनीको सेयर मूल्यमा उछाल, प्रतिकित्ता कुनको कति बढ्यो ?

वि.सं.२०७९ भदौ २ बिहीवार १३:०६

काठमाडौं। चार कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति...

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

भोलि अपर तामाकोशीको साधारण सभा, शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित हुँदै

वि.सं.२०७९ भदौ २ बिहीवार १३:००

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीको साधारण सभा शुक्रबार हुँदैछ...

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने,  यस्तो छ कारण

सीडीएससीका सम्पूर्ण सेवा आज साँझबाट बन्द हुने, यस्तो छ कारण

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४३

काठमाडौं । सीडीएस एन्ड क्लियारिङ (सीडीएससी) का सम्पूर्ण सेवाहरु आज...

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

सनराइज बैंकले निकाल्यो अत्यन्त जरुरी सूचना !

वि.सं.२०७९ भदौ २ बिहीवार १२:४०

काठमाडौं । सनराइज बैंकले कार्ड कारोबारको स्विचीङ्ग सेवा प्रदायक संस्था...

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७९ भदौ २ बिहीवार १२:२८

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ...

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

तपाई माछापुच्छ्रे बैंकको सेयरधनी हो ? यस्तो आयो सूचना !

वि.सं.२०७९ भदौ २ बिहीवार १२:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले पुरानो लाभांश लिनका लागि अनुरोध गरेको...