कस्तो देखियो त जीवन विकास लघुवित्तको वित्तीय प्रगति ?

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाको नाफामा सामान्य सुधार देखिएको छ ।

कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले वृद्धि भई १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको संचालन मुनाफा भने ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ रकोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि झिनो घटेर ०.९१ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ३७ रुपैयाँ ७४ पैसाको गिरावट आई ७५ रुपैयाँ ६० पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

Comments

Leave a Reply