back
NMB ad

इन्फिनिटी लघुवित्तले कमायो १५ करोड नाफा, प्रतिसेयर आम्दानी भने घट्यो

Kumari bank ad

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले १५ करोड बढी नाफा कमाएको छ ।

बिहीबार कम्पनीले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १५ करोड २ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १९.१४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.८१ प्रतिशतले बढी हो ।
कम्पनीको संचालन मुनाफा पनि १५.८४ प्रतिशतले बढेर २१ करोड ६० लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि १.४५ प्रतिशतले घटाएर २.८२ प्रतिशतमा झारेको छ । कम्पनीको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २४ करोड ५४ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४८ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको यो आम्दानी गत आवमा भने १२ रुपैयँ १४ पैसाले घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार ११:४९ मा प्रकाशित

You can share this post!

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

सानिमा बैंकद्वारा १० लाख रुपैंयाको दुर्घटना बीमा रकम हस्तान्तरण

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:१२

काठमाडौं । सानिमा बैंकले सानिमा सुपर सेभिङ्ग खाता अन्तर्गत १०...

विकराल बन्दै डढेलो   

विकराल बन्दै डढेलो   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:०६

रामबहादुर थापा गण्डकी, १४ वैशाख : वन तथा भू–संरक्षण विभागका...

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

बौद्धिक पलायन रोक्न पाठ्यक्रम समय सान्दर्भिक बनाऔँ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १३:५२

काठमाडौँ, १४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमै बसेर...