back
NMB ad

थप दुई वाणिज्य बैंकसहित ७ कम्पनीद्वारा वित्तीय रिर्पोट सार्वजनिक, कुनको प्रगति कस्तो ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । बिहीबार थप ७ वटा कम्पनीहरुले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वनिक गरेका छन् ।

उक्त दिन दुई वाणिज्य बैंक, २ विकास बैंक र तीन लघुवित्त कम्पनीहरुले गत आवको चौंथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेका हुन् ।

जसमध्ये एनएमबि बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक, जीवन विकास लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इन्फिनिटी लघुवित्त वित्तीय संस्था रहेका छन् ।

हेर्नुहोस्, कुनको वित्तीय प्रगति कस्तो ?

एनएमबि बैंक :

एनएबि बैंकले गत आवमा बैंकले ३ अर्ब ७० करोड १३ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको चौंथो त्रैमासको तुलनामा ३६.५३प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा बैंकले २ अर्ब ७१ करोड १० लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा बैंकको खुद ब्याज आम्दानी १५.७५ प्रतिशतले वृद्धि भई ६ अर्ब ५५ करोड २२ लाख ५१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवमा बैंकको यो आम्दानी ५ अर्ब ६६ करोड ६ लाख ५९ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको संचालन मुनाफा पनि ३६.४३ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवमा ३ अर्ब ८२ करोड १० करोड १७ हजार रुपैयाँ रहेको यो मुनाफा गत आवमा भने बढेर ५ अर्ब २१ करोड २९ लाख ४२ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, गत आवमा बैंकको वितरण योग्य मुनाफा भने २ अर्ब ३९ करोड २४ लाख १० हजार रुपैयाँ रहेको छ । उक्त अवधिमा बैंकले खराब कर्जा पनि ०.९४ प्रतिशतले घटाएर १.३३ प्रतिशतमा झारेको छ ।

बैंकको चुक्ता पुँजी १८ अर्ब ३६ करोड ६७ लाख ६ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ८ अर्ब ८४ करोड ९ लाख ७५ हजार रुपैयाँ राखेको छ ।

यस्तै, बैंकको प्रतिसेयर आम्दानी पनि ३ रुपैयाँ ५५ पैसाले वृद्धि भई २० रुपैयाँ १५ पैसा र प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ १४ पैसा रहेको छ ।

कृषि विकास बैंक :

कृषि विकास बैंकले गत आवमा २ अर्ब ३६ करोड ४० लाख ९५ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिमा भने २६.१६ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले ३ अर्ब २० करोड १५ लाख ७४ हाजर रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने १३.३० प्रतिशतले वृद्धि भई ७ अर्ब ७७ करोड ९१ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, बैंकको संचालन मुनाफामा पनि १८.२५ प्रतिशतले गिरावट आई ४ अर्ब ११ करोड ८१ लाख ६६ हजार रुपैयाँ कायम भएको छ । बैंकको वितरण योग्य मुनाफा भने १२५.१९ प्रतिशतले वृद्धि भई ३ अर्ब ९० करोड ६९ लाख ९० हजार रुपैयाँ पुगेको छ ।

बैंकको चुक्ता पुँजी १३ अर्ब १८ करोड ७९ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने १५ अर्ब १२ करोड ८९ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी पनि ११ रुपैयाँ २१ पैसाले घटेर १७ रुपैयाा ९३ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २१२ रुपैयाँ २५ पैसा रहेको छ ।

मुक्तिनाथ विकास बैंक :

मुक्तिनाथ विकास बैंकले १ अर्ब ३७ करोड बढी नाफा कमाएको छ । गत आवमा बैंकले १ अर्ब ३७ करोड २५ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने १८.४७ प्रतिशतले बढी हो । अघिल्लो आवमा बैंकको नाफा १ अर्ब १५ करोड ६४ लाख ३५ हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी भने २१.०८ प्रतिशतले वृद्धि भई ३ अर्ब ३७ करोड ६५ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

यस्तै, बैंकको संचालन मुनाफा पनि १९.५० प्रतिशतले बढेर १ अर्ब ९६ करोड १९ लाख ८८ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य मुनाफा ८१ करोड ५९ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी ५ अर्ब ६५ करोड ७१ लाख ८० हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २ अर्ब ४४ करोड ४३ लाख ३८ हजार रुपैयाँ राखेको छ ।

बैंकको प्रतिसेयर आम्दानी झिनो वृद्धि भर्ई २४ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ २१ पैसा कायम भएको छ ।

एक्सेल डेभलपमेन्ट बैंक :

एक्सेल डेभलपमेन्ट बैंकले गत आवमा ११ करोड ४० लाख ६ हजार रुपैयाँ नाफा कमाएको छ ।

बैंकको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १४.७१ प्रतिशतले कमी हो । अघिल्लो आवमा बैंकले १३ करोड ३६ लाख ८१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको खुद ब्याज आम्दानी झिनो वृद्धि भई ४५ करोड ७४ लाख ७६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा बैंकको संचालन मुनाफा १९ करोड १८ लाख ८८ हजार रुपैयाँ रहेको छ ।

बैंकको चुक्ता पुँजी १ अर्ब १५ करोड १७ लाख ९२ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने ३५ करोड ५ लाख ३२ हजार रुपैयाँ रहेको छ ।

बैंकले उक्त अवधिमा खराब कर्जा भने घटाएको छ । अघिल्लो आवमा ३.७७ प्रतिशत रहेको खराब कर्जा गत आवमा भने घटेर २.७९ प्रतिशतमा झारेको छ ।

बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ९० पैसा र प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ३१ पैसा रहेको छ ।

जीवन विकास लघुवित्त :

जीवन विकास लघुवित्त वित्तीय संस्थाले गत आवमा ७८ करोड १९ लाख ३७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १३.४० प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको असार मसान्तसम्ममा कम्पनीले ६८ करोड ९५ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १२.५० प्रतिशतले वृद्धि भई १ अर्ब ५९ करोड ३८ लाख ३८ हजार रुपैयाँ पुगेको छ ।

कम्पनीको संचालन मुनाफा भने ११२.९६ प्रतिशतले बढेर ८१ करोड ७२ लाख ४ हजार रुपैयाँ कायम भएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ३ रकोड ४२ लाख ८० हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने १ अर्ब ५४ करोड २० लाख ४५ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको खराब कर्जा पनि झिनो घटेर ०.९१ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी भने ३७ रुपैयाँ ७४ पैसाको गिरावट आई ७५ रुपैयाँ ६० पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २६९ रुपैयाँ ५१ पैसा कायम भएको छ ।

राष्ट्र उत्थान लघुवित्त :

राष्ट्र उत्थान लघुवित्तले गत आवमा ६ करोड ६५ लाख २ हजार रुपैयाँ नाफा कमाएको छ ।

जुन अघिल्लो आवमो सोही अवधिको तुलनामा भने ४१.८१ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ७१ लाख ९ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीको खुद ब्याज आम्दानी १६.७१ प्रतिशतले वृद्धि भई २२ करोड ८ लाख ५६ हजार रुपैयाँ पुगेको छ । उक्त अवधिमा कम्पनीको संचालन मुनाफा १० करोड ४७ लाख ५३ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोष भने १८ करोड २२ लाख १२ हजार रुपैयाँ राखेको छ ।

गत आवको चौंथो त्रैमासमा कम्पनीले खराब कर्जा झिनो घटाएर १.११ प्रतिशतमा झारेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि १ रुपैयाँ ३४ पैसाले घटेर २५ रुपैयाँ ५८ पैसा भने प्रतिसेयर नेटवर्थ १७० रुपैयाँ ८ पैसा रहेको छ ।

इन्फिनिटी लघुवित्त :

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले गत आवमा कम्पनीले १५ करोड २ लाख १३ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने १९.१४ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले १२ करोड ६० लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा कम्पनीले ३४ करोड ५९ लाख ७७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५.८१ प्रतिशतले बढी हो ।

कम्पनीको संचालन मुनाफा पनि १५.८४ प्रतिशतले बढेर २१ करोड ६० लाख ९७ हजार रुपैयाँ कायम भएको छ ।

उक्त अवधिमा कम्पनीले खराब कर्जा पनि १.४५ प्रतिशतले घटाएर २.८२ प्रतिशतमा झारेको छ । कम्पनीको चुक्ता पुँजी ४१ करोड ४५ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २४ करोड ५४ लाख ४१ हजार रुपैयाँ राखेको छ ।

उक्त अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४८ रुपैयाँ ३७ पैसा रहेको कम्पनीको यो आम्दानी गत आवमा भने १२ रुपैयँ १४ पैसाले घटेको हो । कम्पनीको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ २१ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन १९ बिहीवार १३:०५ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...