काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापवाला सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९६ हजार ८०० सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९६ हजार ३०० रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि तेजावी सुनको भाउ भने प्रतितोला ९५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २०५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन २२ आइतवार १०:५५ मा प्रकाशित