काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले वृद्धि भएको छ । आज बजार १०.२७ अंकले वृद्धि भएको हो ।
उक्त दिन बजार परिसुचक २१२३.८२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज जीवन बीमा समूह ४.५५ अंकले घटेको छ भने यी बाहेका सबै समूहहरु हरियाली बनेका छन् ।
उक्त दिन कारोबार रकम भने खुम्चिएको छ । आज २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँ बराबरको ६१ लाख ६ हजार ५२१ कित्ता सेयर खरिदबिक्री भएको हो ।
उक्त दिन दुई कम्पनीको सर्वाधिक सेयर कारोबार भएको छ । आज शिवम सिमेट र नबिल बैंकको क्रमशः १३ करोड ८९ लाख ८३ हजार र १२ करोड ७३ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७९ साउन २२ आइतवार १५:१२ मा प्रकाशित