काठमाडौैं । तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला युनिलिभर नेपालसहित तीन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
यो समाचार तयार गर्ने बेलासम्म युनिलिभर नेपालको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १ हजार ७९९ रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १९ हजार ७९३ रुपैयाँ १० पैसा कायम भएको छ ।
यति बेला गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पनि सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १ सय रुपैयाँले वृद्धि भई १ हजार १ सय रुपैयाँ कायम भएको छ।
यस्तै, यति बेला हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्य पनि १० प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ ८० पैसाले वृद्धि भई २५० रुपैयाँ ८० पैसा कायम भएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १२:५३ मा प्रकाशित