काठमाडौं । सोमबार दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।
साताको दोस्रो कारोबार दिन गुराँस लघुवित्तको सेयर मूल्य १० प्रतिशत अर्थात प्रतिकित्ता १०० रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य १ हजार १०० रुपैयाँ कायम भएको छ ।
यस्तै, उक्त दिन हिमालयन हाइड्रोपावरको सेयर मूल्य पनि १० प्रतिशत वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२ रुपैयाँ८० पैसाले वृद्धि भई २५० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन २३ सोमवार १५:२० मा प्रकाशित