back
Kumari Bank

आइएमई जनरल इन्स्योरेन्सको सीईओमा पुनः युगेशभक्त बादे नियुक्त

Nepal Bank

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा युगेशभक्त बादे श्रेष्ठ नियुक्त भएका छन् ।

संचालक समितिको आषाढ ७ गतेको  बैठकको निर्णय भए बमोजिम साउन २३ गते देखि लागु हुने गरी दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुनु भएको हो । श्रेष्ठ २७ बर्ष देखि निर्जीवन बीमा क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

बीमा क्षेत्रलाई नै आफ्नो कर्मथलो बनाएर यही क्षेत्रको विकासमा निरन्त्रर लागि पर्नुभएका श्रेष्ठको नेतृत्वमा करिब ७ बर्षमा आर्ईएमई जनरल इन्स्योरेन्सले उल्लेख्य प्रगती हासिल गर्न सफल भएको छ ।

सोही अवसरमा कम्पनीको संचालक समितिका अध्यक्ष हेमराज ढकालले कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ दोश्रो कार्यकालको लागि पुनः नियुक्त हुन भएकोमा बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभयो ।

कार्यकारी अधिकृतको सफथ लिँदै श्रेष्ठले आफनो कार्यकालमा आइएमई जनरल इन्स्योरेन्सलाई उत्कृष्ठ कम्पनीको रुपमा स्थापित गर्ने प्रतिवद्धता व्यक्त गर्दै सोही अवसरमा आफूलाई सदैव सहयोग गर्ने नियमन निकायहरु, बीमा समिति, कम्पनीको संचालक समितिका अध्यक्ष लगायत संचालकहरु, शेयरधनी, कम्पनीमा कार्यरत समस्त सहकर्मी साथीहरुलाई धन्यवाद दिँदै कम्पनीका ग्राहकहरुलाई धन्यवाद व्यक्त गर्नुभयो ।

वि.सं.२०७९ साउन २३ सोमवार १६:५६ मा प्रकाशित

You can share this post!

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

ग्यास बुलेट र ट्रक ठोक्किँदा दुई जना घाइते   

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५८

चितवन : पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जङ्गलमा ग्यास बुलेट...

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

असार २२ गतेदेखि हकप्रद शेयर निष्काशन गर्दै पिपुल्स पावर

वि.सं.२०८२ असार १३ शुक्रवार १०:५३

काठमाडौं । पिपुल्स पावर लिमिटेडले असार २२ गतेदेखि हकप्रद शेयर...

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

एसईई नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा, कहिले होला ?

वि.सं.२०८२ असार १३ शुक्रवार १०:४४

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा...

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

हिम स्टार उर्जा कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८२ असार १३ शुक्रवार १०:०७

काठमाडौँ । हिम स्टार उर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि...

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान    

देशभर मनसुनी वायुको प्रभाव, यस्तो छ मौसम पूर्वानुमान   

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:५५

काठमाडौँ : देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ । जल...

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

बरुण हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, कहिलेसम्म कायम सेयरधनीले दिने आवेदन ?

वि.सं.२०८२ असार १३ शुक्रवार ०६:४९

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले असार ३१ गतेदेखि हकप्रद...