back
NMB ad

सदस्य सेवालाई थप उत्कृष्ट बनाउन सहकारी बैंकको वार्षिक समिक्षा

Kumari bank ad

पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समिक्षा गोष्ठी सोमबार सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०७८/०७९ को समग्र समिक्षा गरी चालु आर्थिक वर्षका योजना तथा कार्यक्रमलाई थप प्रभावकारी बनाउन गोष्ठी सहयोगी हुने बैंकले जनाएको छ ।

कार्यक्रममा बैंकको वर्तमान वित्तीय अवस्था र आगामी लक्ष्य, बैकले सञ्चालन गरेका सेवाहरु र आगामी दिनमा सञ्चालन गर्ने सेवाहरु, बैकको सञ्चालन प्रक्रिया लगायतका विषयमा शाखा प्रमुखहरुको प्रस्तुतीकरण, समुह छलफल गरी प्रभावकारी रुपमा अगाडि बढ्ने प्रतिवद्धता कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रम समापनमा बोल्दै बैंकका अध्यक्ष के.बी.उप्रेतीले ७७ वटै जिल्लामा बैंकको सञ्जाल निर्माण गरेर थप प्रभावकारी सेवा सञ्चालनका लागि बैकको सम्पूर्ण शक्ति परिचालन हुनु पर्नेमा जोड दिनुभयो ।

बैंकको पहिलो काम सदस्यहरुलाइ प्रदान गरिने वित्तीय तथा अन्य सेवालाई प्रभावकारी बनाउने र समग्र सहकारी अभियानको प्रभावकारितामा सहयोग पुग्ने गरी काम गर्न अध्यक्ष उप्रेतीले शाखा प्रमुखहरुलाई आव्हान गर्नु भयो । उहाँले शाखा भएका ठाउँमा शाखा मार्फत र शाखा नभएका जिल्लामा जिल्ला स्तरीय सञ्जाल निर्माण गरी बैंकको सेवालाई थप प्रभावकारी बनाइने बताउनुभयो ।

सहकारी क्षेत्रमा पूँजि संकलन र उत्पादनशिल क्षेत्र लगायतका क्षेत्रमा पूँजि परिचालनका लागि बैंकको भूमिकालाई थप प्रभावकारी बनाउन जनशक्तिको क्षमता अभिवृद्धि, योजना निर्माण गर्नु पर्ने उहाँको सुझाव छ ।

बैकको लेखा सुपरीवेक्षण समितिका संयोजक लक्ष्मी प्रसाद उप्रेतीले देशभरका शाखा प्रमुखहरुको प्रस्तुती, योजना, लक्ष्य र काम गर्ने उत्साह सकारात्मक रहेको चर्चा गर्दै बैंकलाई सुरक्षित र सक्षम बनाउन जनशक्ति प्रभावकारी रहेको बताउनुभयो ।

बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले स्थानीय तहहरुसंग समन्वय गरेर सदस्य वृद्धिसगै सहकारीहरुको क्षमता विकासका काममा बैंकको भूमिका थप वृद्धि गरिने बताउनुभयो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले सहकारी क्षेत्रमा बैंकले सञ्चालन गरेका प्रविधि लगायतका सेवाहरुलाई आम सहकारीहरुमा पु¥याउन सकेमा सहकारी क्षेत्रका साख बढाउन सकिने बताउनुभयो ।

कार्यक्रमको सञ्चालन बैंकको शिक्षा, तालिम तथा सम्मान उपसमितिका सदस्य सचिव रामबाबु आचार्यले गर्नु भएको थियो ।

सहकारी संघ संस्थाहरुसंग मात्र कारोबार गर्दै आइरहेको राष्ट्रिय सहकारी बैंकले ६८ वटा शाखा मार्फत देशभरका सहकारी संघ संस्थाहरुसंग कारोबार गर्दै आइरहेको छ । बैंकमा हाल करिव १६ हजार शेयर सदस्य, करिव ३ अर्ब शेयर रकम, ५१ अर्ब निक्षेप, ३७ अर्ब कर्जा लगानी रहेको छ ।

वि.सं.२०७९ साउन २३ सोमवार १७:४८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...