काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले गत आवमा ७० करोड ८३ लाख २९ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ नाफा कमाएको थियो ।
गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ११.०१ प्रतिशतले वृद्धि भई १ अर्ब ३४ करोड ७३ लाख १८ हजार रुपैयाँ पुगेको छ ।
उक्त अवधिमा कम्पनीको संचालन मुनाफा पनि १६.३९ प्रतिशतले वृद्धि भई १ अर्ब ९७ लाख १२ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको वितरण योग्य नाफा ४३ करोड ८८ लाख १५ हजार रुपैयाँ रहेको छ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ५६ करोड ४४ लाख १३ हजार रुपैयाँ रहेको छ । कम्पनील्े जगेडा तथा कोषमा भने २ अर्ब ५९ करोड ८१ लाख २४ हजार रुपैयाँ राखेको छ ।
कम्पनीको निष्क्रिय कर्जा ०.६८ प्रतिशत रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानीमा भने २ रुपैयाँ ९१ पैसाको गिरावट आई ४५ रुपैयाँ २८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १०:५७ मा प्रकाशित