काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
गत आवमा कम्पनीले ४० करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा २७.१२ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीको खुद नाफा ३१ करोड ५८ लाख ४१ हजार रुपैयाँ रहेको थियो ।
उक्त अवधिमा कम्पनीको खुद ब्याज आम्दानी पनि २७.६३ प्रतिशतले वृद्धि भई ८० रकोड ३ लाख ८० हजार रुपैयाँ पुगेको छ । गत आवमा कम्पनीको संचालन नाफा ६३ करोड ७३ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्ता पुँजी ५८ करोड ६६ लाख ७५ हजार रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा ७४ करोड ९४ लाख ४९ हजार रुपैयाँ राखेको छ ।
गत आवमा कम्पनीको खराब कर्जा पनि झिनो घटाएर २.४९ प्रतिशत कायम भएको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ६० पैसाले वृद्धि भई ६८ रुपैयाँ ४४ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ २२७ रुपैयाँ ७५ पैसा रहेको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार ११:४९ मा प्रकाशित