back
NMB ad

यसरी मनाईयो नेपाल अडिटर्स एशोसिएशनको १७ औं स्थापना दिवस

Kumari bank ad

काठमाडौं । नेपाल अडिटर्स एशोसिएशन (अडान) ले १७ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी सम्पन्न गरेको छ ।

सोही दिन काठमाडौँमा रक्तदान, नेपाल लेखामान, मौद्रिक नीति २०७९, हालै कर तथा कर विवरणमा भएका परिवर्तनका शेसनहरु संचालन भएको थियो ।

अडानका अध्यक्ष केदारनाथ पौडेलको अध्यक्षतामा संचालित सो शेसनहरुमध्ये नेपाल लेखामान शेसनको अध्यक्षता लेखामान बोर्डका अध्यक्ष प्रकाश जंग थापा, मौद्रीक नीति शेसनको अध्यक्षता नेपाल राष्ट्र बैंकका संचालक समिति सदस्य एवं निवर्तमान डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले गर्नुभएको थियो ।

नेपाल लेखामान शेसनमा बरिष्ठ चार्टर्ड एकाउन्टेन्ट  अरुण राउत र चार्टर्ड एकाउन्टेन्ट प्रविण बरालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

कार्यपत्र माथि एक्यानका अध्यक्ष श्री दिपक पाण्डे, राजश्व परामर्श समितिका सदस्य सन्दीप अग्रवाल, चेम्बर अफ कमर्शका सचिब पर्शुराम दाहाल, ग्रिल तथा स्टील ब्यवसायी महासंघका अध्यक्ष मोहन कटुवाल, घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष उमेश प्रसाद सिंह, एसिसिए ग्लोबलका नेपाल प्रमुख रबिन कटवालले टिप्पणी  गर्नुभएको थियो ।

एन.एफ.आर.एस. वारे जनचेतना नपुगेको समन्वय नभएको, लागु गर्न खर्च बढी लाग्ने भएको र हालको एसएमई., एमई को सिमामा पुनर्बिचार हुनुपर्ने तर संसारका अधिकांश देशमा मानहरु लागु भैसकेकोले नेपालमा पनि गर्नुपर्ने बताईएको थियो ।

१७ औं अडान डे को अवसरमा महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल) को प्रमुख आतिथ्यतामा नेपाल उद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजन कुमार काफ्ले, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दिपक कुमार मल्होत्रा, नेपाल घरेलु तथा साना उद्योग महासंघ अध्यक्ष उमेश प्रसाद सिंह, आन्तरिक राजश्व विभागका उप महानिर्देशक अजुर्न प्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्ष मोहनराज रेग्मी, संस्थापक अध्यक्ष कमल खरेल लगायतले शुभकामना दिनुभएको थियो ।

कार्यक्रमको अध्यक्षता अडानका अध्यक्ष केदारनाथ पौडेल, सञ्चालन महासचिव प्रेम बहादुर श्रेष्ठ र धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बद्री प्रसाद भट्टराईले गर्नु भएको थियो ।

साथै आईक्यानको नवौं परिषदबाट निर्वाचित अध्यक्ष भाष्कर सिंह लाला र उपाध्यक्ष सुजन कुमार काफ्ले लाई बधाई तथा शुभकामना ज्ञापन गरिएको थियो ।

अडानका संस्थापक अध्यक्ष कमल खरेललाई उहाँको योगदानको कदर गर्दै सम्मान गरिएको थियो ।सोहि दिन काठमाडौं जिल्ला कार्यसमितिले प्रकाशन गरेको अडान अर्थमाला बिमोचन गरिएको थियो ।

“अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्डै १०० जनाले रक्तदान गरेका थिए ।

मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्घहरुलाई खाना खुवाउने, असहायहरुलाई कपडा बितरण, फलफुल, स्टेशनरी बितरण गरि अडानको १७ औं स्थापना दिवस सम्पन्न भएकोछ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १२:०९ मा प्रकाशित

You can share this post!

विश्वमा साइवर अपराधको बिगबिगी   

विश्वमा साइवर अपराधको बिगबिगी   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:२१

ई.कुमार अभिनव    काठमाडौँ, ५ जेठ  : हालै इजरायलको राष्ट्रिय साइबर...

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

पृथ्वी राजमार्गको पूर्वी खण्ड सडकको पाँच महिना म्याद थप   

वि.सं.२०८१ जेठ ५ शनिवार ११:०६

तनहुँ, ५ जेठ : विस्तारको क्रममा रहेको पृथ्वी राजमार्गको पोखरा...

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस   

वि.सं.२०८१ जेठ ५ शनिवार १०:५८

काठमाडौँ, ५ जेठ : नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक...

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

सहकारी सञ्चालकले आर्थिक नियमको उल्लङ्घन गर्दा समस्या सिर्जना भयो  

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:४१

गण्डकी, ४ जेठः गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सहकारीका सञ्चालकहरूकै...

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

इप्पानद्वारा नीति अनुसन्धान र भवन निर्माण कोष स्थापना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:३७

काठमाडौँ, ४ जेठः स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इप्पान)ले नीति...

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

सरकारले १३ मिलियन यूरो अनुदान सहायता स्वीकार गर्ने   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १८:२९

काठमाडौँ, ४ जेठ : सरकारले स्थानीय जलवायु अनुकूलनसम्बन्धी कार्यक्रम कार्यान्वयनका...