काठमाडौं। दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ । यति बेला दुई हाइड्रोपावर कम्पनीको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
यो समाचार तयार गर्ने बेलासम्म हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशत अर्थात प्रतिकित्ता ३० रुपैयाँ ३० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ३३३ रुपैयाँ ६० पैसा कायम भएको छ ।
यस्तै, यति बेला अपर हेवाखोला हाइड्रोपावरको सेयर मूल्य पनि ९.९८ प्रतिशतले वृद्धि भएको छ ।कम्पनीको सेयर मूल्य प्रतिकित्ता १३ रुपैयाँले वृद्धि भई १४३ रुपैयाँ २० पैसा कायम भएको छ ।
वि.सं.२०७९ साउन २६ बिहीवार १३:०८ मा प्रकाशित