back
NMB ad

अभियान लघुवित्तको आईपीओ बाँडफाँडका लागि मिति तय, २० लाख ७९ हजारमध्ये कति बन्लान त भाग्यमानी ?

Kumari bank ad

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ ।कम्पनीको आईपीओ आउँदो सोमबार अर्थात साउन ३० गते हुने भएको हो ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार कम्पनीको आईपीओ सोमबार बाँडफाँड गरिने भए पनि समय भने तोकिएको छैन।

कम्पनीले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि छुट्याएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । यो आवेदन २९ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट वितरण हुनेछ । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ९१ हजार ३७५ जनाले कम्पनीको सेयर प्राप्त गर्नेछन् । बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात रित्तो हुनेछ ।

वि.सं.२०७९ साउन २६ बिहीवार १२:४१ मा प्रकाशित

You can share this post!

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:४८

काठमाडौँ, २५ वैशाख :हाल देशमा पश्चिमी वायु, स्थानीय वायुका साथै...

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर   

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२६

काठमाडौँ : ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा...

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

आज २५ बैशाख २०८१ मंगलवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार ०६:२१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...