back
NMB ad

अब नबिल बैंकको लाभांश क्षमता कति ? यस्तो छ पाँच वर्षे इतिहास !

Kumari bank ad

काठमाडौं । नेपाल बंगलादेश बैकलाई प्राप्ति गरेको नबिल बैंकले करिब ५ अर्ब नाफा कमाएको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो ।

विवरण अनुसार गत आवमा बैंकले ४ अर्ब ९७ करोड २७ लाख ५६ हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा भने ९.८३ प्रतिशतले मात्र बढी हो । अघिल्लो वर्षको असार मसान्तसम्ममा बैंकले ४ अर्ब ५२ करोड ७ लाख ५३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

उक्त अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी ९ अर्ब ४३ करोड १९ लाख ८१ हजार रुपैयाँ रहेको छ । बैंकको यो आम्दानी अघिल्लो वर्षको चौंथो त्रैमासको तुलनामा भने १६.७९ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ८ अर्ब ७ करोड ५८ लाख ८५ हजार रुपैयाँ रहेको थियो ।

गत आवमा बैंकको संचालन मुनाफा पनि १३.९८ प्रतिशतले वृद्धि भई ७ अर्ब ९ करोड ६३ लाख ४२ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरण योग्य नाफा ३ अर्ब ३७ करोड १४ लाख २२ हजार रुपैयाँ रहेको छ ।
बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको छ । बैंकले जगेडा तथा कोषमा भने २९ अर्ब ७५ करोड ७ लाख ८४ हजार रुपैयाँ राखेको छ ।

बैंकको रिजर्भमा अब २६ अर्ब ३७ करोड ९१ लाख रुपैयाँ पुगेको छ । जसमा ४० प्रतिशत नेपाल बंगलादेश बैंकको समेत जोडिएको छ । अब नबिल बैंकका लाभांश दिने क्षमता ४० प्रतिशत भएको छ ।

उक्त अवधिमा बैंकको खराब कर्जा पनि झिनो घटेर १.५४ प्रतिशतमा झरेको छ । गत आवमा बैंकको प्रतिसेयर आम्दानी भने १० रुपैयाँ ९२ पैसाले घटेर २१ रुपैयाँ ७८ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने २३० रुपैयाँ ३७ पैसा रहेको छ ।

यस्तो नबिल बैंकको पाँच वर्षे लाभांश इतिहास

१. आर्थिक वर्ष २०७३/७४ : आर्थिक वर्ष २०७३/७४ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३० प्रतिशत बोनस र १८ प्रतिशत नगद गरि कूल ४८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

२. आर्थिक वर्ष २०७४/७५ :  आर्थिक वर्ष २०७४/७५ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

३. आर्थिक वर्ष २०७५/७६ : आर्थिक वर्ष २०७५/७६ मा बैंकले आफ्ना सेयरधनीहरूलाई १२ प्रतिशत बोनस र २२ प्रतिशत नगद गरि कूल ३४ प्रतिशत लाभांश वितरण गरेको थियो ।

४. आर्थिक वर्ष २०७६/७७ : आर्थिक वर्ष २०७६/७७ मा बैंकले आफ्ना सेयरधनीहरूलाई ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरि कूल ३५.२६ प्रतिशत लाभांश वितरण गरेको छ ।

५. आर्थिक वर्ष २०७७/७८ : आर्थिक वर्ष २०७७/७८ मा बैंकले सेयरधनीहरुलाई ३८ प्रतिशत लाभांश वितरण गरेको छ । जसमध्ये ३३.६ प्रतिशत बोनस र ४.४ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

वि.सं.२०७९ साउन २७ शुक्रवार १५:३३ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...