काठमाडौं । आइतबार सेयर बजार दोहोरो अंकको गिरावट आएको छ । साताको पहिलो कारोबार दिन बजार २७.९२ अंकले घटेको छ ।
उक्त दिन बजार नेप्से परिसुचक २०१०.०१ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
उक्त दिन हिमालयन डिस्टीलरीको सर्वाधिक सेयर कारोबार भएको छ । आज कम्पनीको १६ करोड ५३ लाख ९६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको ११ करोड २९ लाख ११ हजार रुपैयाँ सेयर खरिदबिक्री भएको छ ।
यस्तै, आज शिबम सिमेन्टको ८ करोड २० लाख २५ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
वि.सं.२०७९ साउन २९ आइतवार १५:०९ मा प्रकाशित