back
NMB ad

बलेवाका सहकारीकर्मीलाई कोपोमिस तालिम

Kumari bank ad

बागलुङ । बागलुङको बलेवा क्षेत्रका सहकारीकर्मीहरुका लागि एक दिने सहकारी तथा गरिवी व्यवस्थापन सम्बन्धी सूचना प्रणाली (कोपोमिस) सम्बन्धी तालिम बागलुङ नगरपालिका वडा नं. १३ पैयुपाटामा सञ्चालन सम्पन्न गरिएको छ ।

बलेवा सामुदायिक बहुउेश्यीय सहकारी संस्था लिमिटेड र कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाको संयुक्त आयोजना तथा जिल्ला सहकारी संघ बागलुङको सहयोगमा तालिम सञ्चालन गरिएको हो ।

तालिमको उद्घाटन राष्ट्रिय सहकारी महासंघ नेपालका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जिसी (अञ्जु) ले गर्नु भयो ।

सो अवसरमा बोल्दै प्रमुख अतिथि जिसीले सहकारीहरुको यथार्थ तथ्यांक पत्ता लगाउन तथा सहकारी ऐन नियमावलीको प्रभावकारी कार्यान्वयनका लागि कोपोमिसमा आवद्धता आवश्यक रहेको बताउनुभयो । सहकारी विभागले सबै सहकारीहरुलाई कोपोमिसमा आवद्ध हुन गरेको निर्देशन गरेको छ, सबै सहकारीहरुको ययार्थ अवस्था पत्ता लगाउन पनि यसमा सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो ।

सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरुको समाधानका लागि सहकारीहरुबीच समन्वय र सहकार्य आवश्यक रहेको जिसीको भनाइ थियो ।

कार्यक्रममा बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका अध्यक्ष चुडामणी शर्माले सहकारीहरुलाई व्यवस्थित गराउदै गरिवी निवारणमा सहकारीको योगदान बढाउन सञ्चालन प्रक्रियालाई पारदर्शी र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिनुभयो ।

तालिममा सहकारी ऐन नियमावलीको प्रभावकारी कार्यान्वयन विषयमा राष्ट्रिय सहकारी महासंघका सञ्चालक जिसी तथा कोपिमिस प्रविष्टि सम्बन्धमा जिल्ला सहकारी संघ बागलुङका प्रवन्धक सिर्जना शर्मा र बलेवा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक आकाश खड्काले सहजीकरण गर्नु भएको छ ।

कार्यक्रम बलेवा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष उमानाथ शर्माको अध्यक्षता, साना किसान सहकारी संस्थाका प्रवन्धक चन्द्र प्रसाद शर्माको स्वागत र कालीगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका प्रवन्धक राधिका कुँवरको सञ्चालनमा सम्पन्न भएको थियो ।
तालिममा बलेवा क्षेत्रका ८ वटा सहकारी संस्थाका २० जनाको सहभागिता रहेको थियो ।

वि.सं.२०७९ साउन ३० सोमवार ११:२५ मा प्रकाशित

You can share this post!

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

मेक इन नेपाल : स्वदेशी सम्मेलन ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:३५

काठमाडौं । मेक इन नेपाल – स्वदेशी सम्मेलन ३५ बुँदे...

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

सनराइज होल्डिङ्सलाई एलएस क्यापिटलले कर्पाेरेट एडभाइजरी सेवा दिने

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:२३

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच...

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

सानिमा बैंकका ग्राहकहरुलाई स्काइवाक टावरमा छुट

वि.सं.२०८१ वैशाख २५ मंगलवार १७:०८

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग...

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

सहकारीले बैङ्कभन्दा ठूलो कारोबार गर्दा समस्या आयो : मन्त्री अधिकारी   

वि.सं.२०८१ वैशाख २५ मंगलवार १६:५९

काठमाडौँ, २५ वैशाख : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री...

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

सेयर बजारमा सामान्य सुधार, कारोबार रकम घट्यो

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१८

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

लघुवित्त कम्पनीहरुको सेयर मूल्यमा उछाल, कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख २५ मंगलवार १५:१०

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...