back
NMB ad

अभियान लघुवित्तको आईपीओ बाँडफाँड : तपाईलाई पर्यो कि ? यसरी हेर्नुहोस् नतिजा

Kumari bank ad

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ ।

कम्पनीको आईपीओ बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा सोमबार बिहान ९ बजे बाँडफाँड गरिने भएको हो ।

कम्पनीको आइपीओमा अन्तिम दिनसम्म २० लाख ७९ हजार ७८८ जनाको आवेदन परेको थियो । यो आवेदन २९ गुणा बढी हो ।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट वितरण भएको । गोलाप्रथाबाट वितरण गर्दा भाग्यमानी ९१ हजार ३७५ जनाले कम्पनीको सेयर प्राप्त गरेका छन् । बाँकी १९ लाख ८८ हजार ४१३ जनाको हात खाली भएको छ ।

कम्पनीले साउन १८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो ।

कम्पनीले कुल ९ लाख ७५ हजार कित्ता सेयरमध्ये १२ हजार ५०० कित्ता कर्मचारीहरुका लागि र ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ९ लाख १३ हजार ७५० कित्ता सेयरका लागि छुट्याएको हो ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि ३ हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरेको थियो ।

आईपीको नतिजा हेर्नका लागि :

1. कम्पनीको वेबसाइट:  https://www.aviyanlaghubitta.com/

2. बिक्री प्रबन्धको वेबसाइट : https://muktinathcapital.com/

3.  मेरो शेयरको वेबसाइट : https://meroshare.cdsc.com.np/#/login

4. सिडिएसको वेबसाइट : https://iporesult.cdsc.com.np/

वि.सं.२०७९ साउन ३० सोमवार ११:११ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...