काठमाडौं । सोमबार सुनको भाउ घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन अर्थात आईतबार ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर ९७ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि तेजावी सुनको मूल्य भने ९६ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।
यस्तै, उक्त दिन चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार २३५ रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ साउन ३० सोमवार ११:०८ मा प्रकाशित