back
NMB ad

७४ प्रतिशतले बढ्यो रिलायन्स लाइफको नाफा : सवा ३ अर्ब बढी बीमाशुल्क आर्जन, इपिएस कति ?

Kumari bank ad

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले १२ करोड बढी नाफा कमाएको छ ।

कम्पनीले मंगलबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

गत आवमा कम्पनीले १२ करोड २१ लाख ३० हजार रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७४.१० प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले ७ करोड १ लाख ४६ हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले ३ अर्ब १८ करोड ३० लाख ७७ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । कम्पनीको यो रकम अघिल्लो आवको तुलनामा भने २२.३० प्रतिशतले बढी हो ।

यस्तै, उक्त अवधिमा कम्पनीले ९४ करोड ८७ लाख ६६ हजार रुपैयाँ कुल दावी भुक्तानी गरेको छ । गत आवमा कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम भने २६ करोड ४४ लाख ६१ हजार रुपैयाँ देखिएको छ । यो रकम आंशिक अवधि समाप्ती दावी सहित हो ।

कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ५२ लाख १० हजार रुपैयाँ राखेको छ ।

यस्तै, कम्पनीको जीवन बीमा कोषमा ३ अर्ब ७५ करोड १६ लाख ६९ हजार र महाविपत्ति कोष जगेडामा ३ करोड ६१ लाख ९३ हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८२ पैसा र प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९७ पैसा रहेको छ ।

वि.सं.२०७९ साउन ३१ मंगलवार १४:२० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...