काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान ब्यूरो (सिआईबी)ले बैंकिङ्ग कसूर मुद्दामा फरार रहेका व्यक्तिलाई पक्राउ गरेको छ ।
प्रहरीले जिल्ला रामेछाप साविक भटौली गा.वि.स. वडा नं. ७ हाल को परिवर्तित मन्थली न.पा.वडा नं.७ घर भई हाल काठमाडौं का.म.न.पा. १० बस्ने निरज बुढाथोकीलाई पक्राउ गरेको हो ।
उच्च अदालत पाटनले निजलाई बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम ४२ लाख रुपैंया जरिवाना र आठ दिन कैद सजायँ सुनाएको थियो । त्यस पछि उनी फरार रहेकीका थिए ।
निजलाई साउन ३१ काठमाडौं कोटेश्वरबाट पक्राउ गरि अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराईएको हो ।
वि.सं.२०७९ भदौ १ बुधवार १६:१० मा प्रकाशित