back
Hero Ad

प्रतिकित्ता १४० रुपैयाँमा प्रभु बैंकको सेयर किन्ने मौका, कहिलेसम्म दिने आवेदन ?

काठमाडौं । प्रभु बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक समूहको ५० हजार कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिदका लागि बैंकको विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । उक्त सेयर बिक्री मूल्य प्रतिकित्ता १४० रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले भदौ १७ गते कार्यालय समयभित्र बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग नक्साल काठमाडौंमा आईपुग्ने गरि गोप्य शिलबन्दी पेश गर्नुपर्नेछ ।

उक्त सेयर खरिदका लागि न्युनतम १० हजार कित्ताका लागि र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले यसअघि नै विद्यमान संस्थापक सेयरधनीहरुलाई प्राथमिकता दिई ३५ दिने सूचना समेत जारी गरिसकेको छ ।

वि.सं.२०७९ भदौ २ बिहीवार १२:२८ मा प्रकाशित

You can share this post!

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

तीन बैंकले गर्यो लाभांश घोषणा, कुनको कति ?

वि.सं.२०७९ असोज २१ शुक्रवार ०७:०८

काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई विभिन्न ३ वटा...

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

बलत्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन सत्तापक्षकै नेता सक्रिय

वि.सं.२०७९ असोज २० बिहीवार १९:५६

बुटवल । महिला प्रहरीमाथि जबरजस्ती करणी प्रयास गरेको आरोपमा प्रहरी...

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध एयर विमान जनकपुरधाममा अवतरण

वि.सं.२०७९ असोज २० बिहीवार १९:२२

काठमाडौं । खराब मौसमका कारण भैरहवाबाट काठमाडौंका लागि उडेको बुद्ध...

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

अमलेखगञ्ज दुर्घटनाः मृतक १६ मध्ये १४ को पहिचान खुल्यो (नामावलीसहित अपडेट)

वि.सं.२०७९ असोज २० बिहीवार १९:११

हेटौडा । अमलेखगञ्जमा भएको बस दुर्घटनामा १६ जनाको मृत्यु भएको...

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो

वि.सं.२०७९ असोज २० बिहीवार १६:१६

खजुरा । अविरल वर्षाका कारण राप्ती नदीमा आएको बाढीले बाँकेका...

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

काठमाडौंका नदिमा बहाव बढयो, उच्च सतर्कता अपनाउन आग्रह

वि.सं.२०७९ असोज २० बिहीवार १५:२४

काठमाडौं । काठमाडौं उपत्यका भएर बहने नदीहरूमा बहाव उल्लेख्य बढेको...