back
NMB ad

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँडका लागि मिति तय, ३० हजार ९२१ जना बन्ने छन् भाग्यमानी !

Kumari bank ad

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँडका लागि मिति तय भएको छ ।कम्पनीको आईपीओ आउँदो आईपीओ मंगलवार अर्थात भदौ ७ गते बाँडफाँड हुने भएको हो ।

बिक्री प्रबन्धक सनराइज क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कम्पनीको आईपीओमा १९ लाख ५२ हजार ४६० जना आवेदकले २ करोड १७ लाख २१ हजार ५७० कित्ताका लागि आवेदन दिएका छन् । जुन मागभन्दा ७० दशमलव २२ गुणा बढी हो ।

माग भन्दा बढी आवेदन परेकाले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा वितरण हुनेछ । रितपूर्वक आवेदन दिने ३० हजार ९२१ जनाले मात्रै कम्पनीको सेयर प्राप्त गर्नेछन् । भने बाँकी १९ लाख २१ हजार ५३१ आवेदकको हात खाली हुनेछ ।

कम्पनीले साउन २४ गतेदेखि आईपीओ निष्काशन भएको छ ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका दरले ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी रहेको ३ लाख ८ हजार २९५ कित्ता सर्वसाधारणका लागि छुट्याएको छ ।

कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको थियो ।

आईपीओ निष्काशन तथा बिक्री प्रवन्धकमा सनराइज क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार १८:१४ मा प्रकाशित

You can share this post!

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

करका दर हेरफेरमा मनोमानी गर्दिन : अर्थमन्त्री पुन   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२५

काठमाडौँ, ३० वैशाख : अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको...

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वल्डलिङ्कको रिट खारेज : राज्य कोषको अर्बौँ रकम सुरक्षित   

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:२१

काठमाडौँ, ३० वैशाख : सर्वोच्च अदालतले वल्डलिङ्क कम्युनिकेसन प्रालिले दायर...

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

कुमारी बैंक र फिट लाईफ क्लबबीच सम्झौता

वि.सं.२०८१ वैशाख ३० आइतवार २०:१३

काठमाडौं । कुमारी बैंक लिमिटेड र टिकापुर, कैलाली स्थित फिट...

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

सरकारद्वारा संसद्लाई नीति तथा कार्यक्रमको तयारीको जानकारी   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:५७

काठमाडौँ, ३० वैशाख : सरकारले सभामुख देवराज घिमिरे सहित संसदमा...

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

ऊर्जा मन्त्रालयको भौतिक प्रगति उल्लेखनीय, केही आयोजनामा भने अझै काम सुरु भएन   

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:४२

काठमाडौँ, ३० वैशाख : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ऊर्जा...

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

आफ्नै नाममा रहेको कीर्तिमान तोड्दै २९औँ पटक सगरमाथाको चुचुरोमा कामिरिता शेर्पा  

वि.सं.२०८१ वैशाख ३० आइतवार १७:२७

काठमाडौँ, ३० वैशाख : आरोही कामिरिता शेर्पाले आज बिहान २९औँ...