back
NMB ad

भोलिदेखि बरुण हाइड्रोपावरको २६ करोड ७९ लाखको हकप्रद सेयर निष्काशन हुने, कस्तो छ वित्तीय अवस्था ?

Kumari bank ad

काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीले हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि अर्थात भदौ ६ गतेदेखि हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले हाल कायम रहेको १ कित्ता सेयर बराबर १ कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो ।

कम्पनीले १०० रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँ बराबरको २६ लाख ७९ हजार ७५ कित्ता हकप्रद सेयर जारी गर्ने भएको हो ।

हकप्रद निष्काशनका लागि कम्पनीले साउन २ गते बुकक्लोज गरिसकेको छ । यसका आधारमा साउन १ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडड रहेको छ ।

कस्तो छ वित्तीय अवस्था ?

गत आर्थिक वर्ष २०७८/७९ को चौंथो त्रैमासमा ३१ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा भने ४३.४५ प्रतिशतले बढी हो । अघिल्लो आवमा कम्पनीले २२ लाख ३० हजार रुपैयाँ नाफा कमाएको थियो ।

गत आवमा कम्पनीले बिद्युत बिक्रीबाट ९ करोड ३९ लाख ८८ हजार रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी अघिल्लो आवको तुलनामा भने ५७.२८ प्रतिशतले बढी हो ।

यस्तै, गत आवमा कम्पनीको संचालन नाफा ४ करोड ५ लाख ५५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ रहेको छ । जगेडा तथा कोषमा भने ८२ लाख २४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ७ पैसा रहेको छ ।

वि.सं.२०७९ भदौ ५ आइतवार १७:५४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागि पिडितलाई राहत सामाग्री वितरण

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४०

काठमाडौं । महालक्ष्मी विकास बैंकले मिति २०८१ साल बैशाख १२...