back
NMB ad

खप्तड लघुवित्तको आइपीओमा कति पर्यो आवेदन ? यस्तो छ अन्तिम अपडेट

Kumari bank ad

काठमाडौं । खप्तड लघुवित्तको आइपीओमा २ अर्ब ४ करोड २२ लाख ४० हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार भदौ १२ गते आइतबार अन्तिम दिन साँझ ५ः०२ बजेसम्ममा १८ लाख ५० हजार १३२ जनाले २ करोड ४ लाख २२ हजार ४०० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १६५.४९ गुणा बढी आवेदन हो ।

कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० अंकित मूल्यका १ लाख ३२ हजार कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

कुल सेयरमध्ये २ हजार कित्ता कर्मचारीहरुका लागि, ६ हजार ६ सय कित्ता सामूहिक लगानी कोषहरुमा सुरक्षित गरिएको थियो भने बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणका छुट्याएको थियो ।

कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार ३२० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
क्रेडिट रेटिङ एजेन्सी केयर नेपालले खप्तड लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङडबल बी माइनस’ प्रदान गरेको छ ।

जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । केयर नेपालले सन् २०२२ अप्रिल ७ मा यो रेटिङ दिएको हो । यो रेटिङ सन् २०२३ अप्रिल ३ सम्म बाहल रहनेछ ।

वि.सं.२०७९ भदौ १३ सोमवार ०७:५२ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...