back
NMB ad

बसन्तपुर क्षेत्रमा छरपस्टनिर्माण सामग्री तत्काल हटाउन पर्यटनमन्त्री श्रेष्ठको निर्देशन

Kumari bank ad

 काठमाडौं, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका निर्माण सामग्री तत्काल हटाउन निर्देशन दिनुभएको छ । यत्रतत्र राखिएका इँटा, जस्ताको छाप्रो र अन्य संरचनाका कारण आन्तरिक तथा बाह्य पर्यटकलाई आवगमन देखि सम्पदा क्षेत्र अवलोकनमा समेत वाधा पुगेकोले त्यस्ता सामाग्रीहरु तत्काल हटाउन मन्त्री श्रेष्ठले निर्देशन दिनुभएको हो ।
इन्द्रजात्राको तयारीबारे बुझ्न आज हनुमान ढोका दरबार क्षेत्र निरीक्षणमा जानुभएका मन्त्री श्रेष्ठले विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक, सांस्कृतिक, धार्मिक तथा पुरातात्विक महत्वको हनुमान ढोका दरबार क्षेत्र व्यवस्थापनमा ध्यान दिन हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रम,नेपाल प्रहरी, नेपाली सेना, पुरातत्व बिभाग रस्थानीय संघ संस्थालाई आग्रह गर्नुभयो । नेपालीको गौरवका रुपमा रहेको हनुमानढोका दरबार क्षेत्रमा छरपस्ट रहेका सामग्रीले इन्द्रजात्रा लगायत महत्वपुर्ण जात्राहरु व्यवस्थापनमा समेत चुनौति सिर्जना हुने उहाँको भनाइ छ ।
सन् १९७९ मा विश्वसम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र भुकम्पका कारण क्षतिग्रस्त भएपछि अहिले पुर्न निमार्णको काम भइरहेको छ । मन्त्री श्रेष्ठले पर्यटकीय क्षेत्रलाई सुन्दर, सफा र व्यवस्थित गर्नु पर्नेमा जोड दिनुभयो । ऐतिहासिक र पुरातात्विक महत्व बोकेको बसन्तपुर क्षेत्रलाई व्यवस्थित गर्न र संरक्षणमा स्थानीय संघ संस्थातथा सम्बन्धित निकायले समन्वय र सहकार्य गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । अहिले बसन्तपुरमा इन्द्रजात्राको तयारी तीव्र पारिएको छ । आठ दिन चल्ने इन्द्रजात्रा अवधिभर वसन्तपुर क्षेत्र उत्सवमय हुने गरेको छ । सो अवसरमा इन्द्रजात्राको तयारीबारे पनि छलफल भएको थियो ।

वि.सं.२०७९ भदौ १४ मंगलवार १८:०६ मा प्रकाशित

You can share this post!

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

कसरी पक्षी अवलोकनले विद्यार्थीहरूलाई कष्ट कम र मानसिक स्वास्थ्य सुधार गर्न मद्दत गर्छ ?   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:२२

नर्थ क्यारोलिना, २२ वैशाख : कलेजका विद्यार्थीहरूको मानसिक स्वास्थ्य सुधार...

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

विदेश पठाइदिने भन्दै ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:१२

काठमाडौँ, २२ वैशाखः वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु...

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वेस्ट इन्डिज ‘ए’सँगको अन्तिम खेलमा नेपाल विजयी   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०८

काठमाडौँ, २२ वैशाख : टी–२० शृङ्खलाको अन्तिम खेलमा नेपालले वेष्ट...

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

रेलसेवा तीन दिन बन्द हुने, यस्तो छ कारण   

वि.सं.२०८१ वैशाख २२ शनिवार २०:०४

जनकपुर, २२ वैशाख: भारतमा हुने लोकसभा जयनगर–जनकपुर–भङ्गहा रेलसेवा तीन दिनसम्म...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वेस्ट इन्डिज ‘ए’द्वारा नेपाललाई १७३ रनको लक्ष्य   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:२८

काठमाडौँ, २२ वैशाख : वेस्ट इन्डिज ‘ए’ले टी–ट्वान्टी शृङ्खलाको अन्तिम...

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

त्रिशूलीसहित पाँच नदीलाई प्लास्टिकजन्य फोहर मुक्त बनाइने   

वि.सं.२०८१ वैशाख २२ शनिवार १५:०८

मुग्लिन, (चितवन), २२ वैशाख : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य...