back
NMB ad

सामुदायिक साकोस स्याङ्जाले ४ वर्षे रणनीतिक योजना बनाउदै

Kumari bank ad

पोखरा । स्याङ्जाको विरुवा गाउँपालिका वडा नं. १ मा सञ्चालित सामुदायिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडले ४ वर्षे रणनीतिक योजना निर्माण गर्ने भएको छ ।

संस्थाको आगामी लक्ष्य निर्धारण गरी सञ्चालक, कर्मचारी र शेयर सदस्यहरुलाइ समेत सक्रिय बनाई सबल र सक्षम संस्था निर्माण गर्ने लक्ष्यका साथ रणनीतिक योजना निर्माण गर्न लागिएको संस्थाले जनाएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको प्राविधिक सहयोगमा पोखरामा आयोजित २ दिने रणनीतिक योजना निर्माण गोष्ठीको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले शुभारम्भ गर्नुभएको थियो ।

सो अवसरमा बोल्दै जिसीले सहकारीहरुलाई व्यवस्थित र प्रभावकारी रुपमा सञ्चालनका लागि संस्थाको लक्ष्य निर्धारण आवश्यक हुने भएकाले सबै सहकारीहरुले लक्ष्य निर्धारण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारीलाई व्यवस्थित रुपमा सञ्चालनका लागि संस्थागत सुशासन र वित्तीय पारदर्शितासंगै योजना निर्माण गरेर अगाडि बढ्नु पर्नेमा जोड दिदै जिसीले रणनीतिक योजना निर्माण गर्दा सदस्यसंगको भावना, चाहना र आवश्यकतालाई ध्यान दिनु पर्ने बताउनुभयो ।

सहकारी अभियानमा पछिल्लो समय देखिएका छिटफुट घटनाले आम सहकारीलाई हेर्ने दृष्टिकोणमा समेत समस्या आएको भन्दै उहाँले सहकारीको साख बढाउने गरी सबै सहकारीहरुले योजनावद्ध रुपमा सदस्य केन्द्रीत भएर र ऐन कानुनलाई पालना गरेर काम गर्न सुझाव दिनुभयो ।
२ दिनसम्म चल्ने गोष्ठीमा राष्ट्रिय सहकारी बैंक तालिम विभागका वरिष्ठ अधिकृत नवकुमार अधिकारीले सहजीकरण गर्ने संस्थाले जनाएको छ ।

रणनीतिक योजना उद्घाटन कार्यक्रम संस्थाका अध्यक्ष कल्याण कुमार पोखरेलको अध्यक्षता, उपाध्यक्ष ओमनाथ शर्माको स्वागत र सचिव हिमालजंग केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
कार्यक्रममा संस्थाका व्यवस्थापक शिव वाग्लेले संस्थाको समग्र अवस्थाका बारेमा जानकारी गराउनु भएको थियो ।

संस्थामा हाल २ हजार २ सय जना शेयर सदस्य, १ करोड ६५ लाख शेयर पूँजि, ८ करोड ५० वचत, ९ करोड ५० लाख ऋण लगानी तथा १२ करोड ५० लाख कुल कारोबार र १ करोड २५ लाख जगेडाकोष रहेको व्यवस्थापक वाग्लेले जानकारी दिनुभयो ।

आफ्नै भवनबाट सदस्यहरुलाई सेवा दिदै आएको संस्थाले वित्तीय लगायत सामाजिक कार्यहरु गर्दै आएको छ ।

वि.सं.२०७९ भदौ १९ आइतवार ११:०३ मा प्रकाशित

You can share this post!

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्काशन गर्ने

वि.सं.२०८१ जेठ ११ शुक्रवार ११:१०

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने...

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको बक्यौता साढे तीन अर्ब   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:५८

वीरगञ्ज (पर्सा), ११ जेठः नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको...

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

सुनको भाउ घट्ने क्रम जारी, आज कति घट्यो ?

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:४६

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा भारी गिरावट...

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

सहकारीको रकम हिनामिनाः छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदलको बैठक जारी   

वि.सं.२०८१ जेठ ११ शुक्रवार १०:३४

 काठमाडौँ, ११ जेठः सहकारी संस्थाको रकम हिनामिना भएको सम्बन्धमा छानबिन...

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

तमोर–मेवा जलविद्युत् आयोजनाको काम सुरु   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०९:५८

फुङ्लिङ (ताप्लेजुङ) ११ जेठः जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ...

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

बेइजिङमा बुद्धजयन्ती मनाइयो   

वि.सं.२०८१ जेठ ११ शुक्रवार ०६:५६

काठमाडौँ, ११ जेठः दुई हजार पाँच सय ६८औँ बुद्धजयन्तीका अवसरमा...