काठमाडौं। इष्टर्न हाइड्रोपावर लिमिटेडले भदौ ७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सो आईपीओमा अब भदौ २८ गतेसम्म आवेदन दिन सकिने भएको छ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले जारी पुँजीको १० प्रतिशतले हुन आउने ६ करोड २० लाख रुपैयाँ बराबरको ६ लाख २० हजार कित्ता आइपीओ जारी गरेको छ।
उक्त आईपीओ आयोजना प्रभावित क्षेत्रका बासिन्दाले नेपाल धितोपत्र बोर्डबाट सी-आस्वा सदस्यता प्राप्त गरेका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
वि.सं.२०७९ भदौ २१ मंगलवार ०६:५० मा प्रकाशित