back
NMB ad

 बाल स्याहारमा पुरुषको भूमिका बढाउन बालसपना परियोजना लागू  

Kumari bank ad

जुम्ला, २१ भदौ 

बालसपना परियोजनाले बालबालिकाप्रति पुरुषलाई पनि महिला जतिकै जिम्मेवार बनाउन थालेको छ । सेडाले जुम्लाका २१ वटा वडामा सञ्चालन गरेका विभिन्न अवलोकन, अनुगमन र सफलताका कथाहरूले पनि पुरुषहरूले घरपरिवारमा जिम्मेवारीहरू बाँडिरहेको देखिएको हो । जसले गर्दा आमाको कामको बोझ कम गराएको पाइएको छ। 

प्रारम्भिक बालविकासको महत्त्व तथा उचित स्याहारमा पुरुषको भूमिकावारे अभिमुखीकरण गराइएको छ । अभिभावकहरूले आफ्ना छोराछोरीसँग समय बिताउन थालेका छन् । उनीहरूले खेलका सामग्रीहरू पनि विकास गरेको पाइएको छ।

सेडा नेपाल जुम्लाले बालबालिका नै अभिभावको सपनाको स्कुल भएको जनाएको छ ।  बालबालिकाका लागि अभिभावकले पर्याप्त समय दिने, जिज्ञासा सुनिदिने र सम्बोधन गरिदिने, शिक्षकले उनीहरूको रुचिअनुसार पठनपाठन गराउने र राज्यले बालमैत्री वातावरण बनाउन लगानी गर्ने हो भने अभिभावको सपनाको स्कुल बन्ने उसकाे भनाइ छ ।

जिल्लास्तरीय परियोजनासम्बन्धी समीक्षा बैठकमा  प्रारम्भिक बालविकास निर्देशक समितिको गठन गरिएको  सेडा नेपालका संयोजक प्रेमसिहं ठकुरीले बताए । बालबालिकालाई  खेल्नका लागि स्थानीय खेलाउन बनाउने तरिका विभिन्न महिला र पुरुष समूहमार्फत  सिकाइएको छ ।

सेडा नेपालकी फिल्ड संयोजक मञ्जु थापाले पालिकास्तरीय समीक्षा तथा कार्ययोजना बैठक गर्दै आएको बताइन् ।उनले महिला स्वास्थ्य स्वयंसेविकामार्फत विभिन्न काम भइरहेको बताइन्।

वि.सं.२०७९ भदौ २१ मंगलवार १४:०२ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...