back
NMB ad

बैंक अफ काठमाण्डूको कार्डबाट इ–कमर्स कारोबारमा क्यासव्याक योजना

Kumari bank ad

काठमाडौं । बैंक अफ काठमाण्डू बैंकले नेपालीहरुको आउदै गरेको महान चाडपर्वहरु लक्षित गरी बैंकको डेबिट र क्रेडिट कार्डमाफत हुने सम्पूर्ण इ–कमर्स कारोबारमा नगदफिर्ता योजना ल्याएको छ ।

बैंकको कार्डबाहक महानुभावहरुले विभिन्न ईकमर्स प्याटफर्मबाट सामान तथा सेवाहरु खरिद गरी बैंकको कार्ड प्रयोग गरी भुक्तानी गर्नुभएमा ग्राहकहरुले कारोबार गर्नु भएको रकमको १०% वा अधिकतम् रु १५०० सम्म नगदफिर्ता पाउनुहुनेछ ।

यस नगद फिर्ता योजना यहि भाद्र २२ गते बुधबारबाट सुरु हुनेछ । यस नगद फिर्ता योजना अन्र्तगत बैंकको कार्डबाहकहरुले नगद फिर्ताको लागि योजना अवधिभर ३ वा सो भन्दा धेरै संख्याको ईकमर्स कारोबार गर्नुपर्ने छ र कारोबार रकम रु. १०,००० वा सो भन्दा बढि रकम हुनपर्नेछ ।

यदि कोहिहरुको कार्ड अनलाइन कारोबारको लागि दर्ता भएको छैन भने कार्डबाहकहरुले बैंकको वेवसाइटमा गई आफै कार्ड अनलाइन कारोबारको लागि दर्ता गर्न सक्नुहुनेछ अथवा आफुलाई पायक पर्ने बैंकको कुनैपनि शाखा कार्यालयमा गई अनलाइन कारोबारको लागि निशुल्क दर्ता गर्न सक्नुहुनेछ ।

बैंकको आफ्नो डेबिट तथा क्रेडिट कार्डबाहकहरुले विभिन्न ईकमर्स प्लेटफर्महरुमा अनलाइन माध्यमबाट आफुलाई मनपर्ने सामानहरु खरिद गरी बैैकको कार्डबाट विद्मुतीय माध्यमबाट भुक्तानी गरीरहनुभएको छ ।

पछिल्लो समय कार्डबाट हुने विद्मुतिय भुक्तानी कारोबारमा यस बैंकको ग्राहकहरुको रुची वृद्धि भईरहेको छ । यस्तै रुचीहरुको निरन्तरता तथा रुची वृद्धिको लागि यस बैंकले विभिन्न समयमा कार्डबाहक महानुभावहरुको फाईदाको लागि नगदफिर्ता तथा छुट योजनाहरु ल्याइरहेको छ ।

यस नगदफिर्ता योजनाले ग्राहकहरुलाई धेरै फाईदा हुने भएकोले यस योजनामा ग्राहकहरुको उच्च सहभागिता रहने विश्वास बैंकले लिएको छ । साथै, यो नगद फिर्ता योजना सिमित अवधिको लागि भएको हुनाले यस नगदफिर्ता योजनामा चाडै सहभागि भई कार्डबाहकहरुलाई फाईदा लिन बैंक आव्हान गर्दछ ।

विद्मुतिय कारोबारमा बैंकको ग्राहक महानुभावलाई उत्प्रेरित गर्ने हेतुले बैंकले विभिन्न ईकमर्स प्लेटफर्महरु, विभिन्न होटलहरु, रेस्टुरेन्टहरु, फिटनेस सेन्टरहरु, स्टोरहरु, अस्पतालहरु, स्वास्थ्य क्लिनिकहरु, ईन्स्टिच्युटहरुमा छुटहरु प्रदान गरीरहेको र भविष्यमा पनि यस्ता योजनाहरु ल्याई ग्राहकहरुलाई लाभान्वित बनाउन बैंक प्रतिवद्ध रहेको छ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।

वि.सं.२०७९ भदौ २१ मंगलवार १६:२७ मा प्रकाशित

You can share this post!

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

भारतले माल्दिभ्सलाई अतिरिक्त वर्षका लागि पाँच करोड डलर ऋण प्रदान गर्ने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:१०

माले, ३१ वैशाख : माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत...

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

प्रयोगमा नआई थन्कियो रक्तसञ्चार केन्द्रको स्वास्थ्य उपकरण   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०७

गण्डकी, ३१ वैशाख : गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा...

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

महत्वाकांक्षी लक्ष्यसहित तयार भयो सोह्रौँ पञ्चवर्षीय आवधिक योजना   

वि.सं.२०८१ वैशाख ३१ सोमवार २१:०१

हेमन्त जोशी काठमाडौँ, ३१ वैशाख : ‘सुशासन, सामाजिक न्याय र...

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १८:१२

काठमाडौँ, ३१ वैशाख : नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा प्रहरी...

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

सरकारको नीति तथा कार्यक्रम मङ्गलबार प्रस्तुत हुने   

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:५३

काठमाडौँ, ३१ वैशाख : सरकारको नीति तथा कार्यक्रम मङ्गलबार पेश...

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

एशियन लाईफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

वि.सं.२०८१ वैशाख ३१ सोमवार १७:४९

कठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन...