back
NMB ad

संकटमा चौंरीपालन व्यवसायः व्यापारीलाई फाइदा, मारमा किसान

Kumari bank ad

सम्झना कार्की सिन्धुपाल्चोक । आफ्नो उमेरभन्दा पनि पाको र ठाडो भीरमा अवस्थित चौरीखर्क धाउने वृद्धवृद्धाहरूलाई अचेल खर्कमा रमाइलो कम र अत्यास ज्यादा लाग्न थालेको छ । आफ्ना न्यूनतम आवश्यकता पनि यो पेसाबाट पूर्ति हुन सकेको छैन् । चौरी पाल्नेका छोराछोरी कोही काठमाडौंतिर पढ्न गएका छन् त कोही वैदेशिक रोजगारीमा खाडी मुलुक पुगेका छन् । बाँकी बालबालिका गाउँमै चौरीगोठ र घर गर्दछन् ।

सिन्धुपाल्चोकको जुगल गाउँपालिका-३ तेम्बाथानको स्पाबल चौरीखर्कमा भेटिएका नोर्साङ शेर्पा आफूले जति दुःख गरे पनि छोरीछोरीले भने आफ्नो जस्तो जीवन बिताउन नपरोस् भन्ने चाहन्छन् । उनले छोराछोरीलाई काठमाडौंमा पढाउन चौरी पालेर अब सम्भव नभएको बताए । उनीसँगै चौरी गोठमा भेटिएकी साङमु शेर्पाको पनि आफ्नो जीवन चौरी र खर्क गर्दै बिते पनि छोराछोरीले भने पढेर केही गरुन् भन्ने चाहना छ ।

दुर्गम ठाउँ भएकाले पनि सुखसयलको याचना उनीहरूमा छैन । चौरी, खर्क र त्यहीँ वरपरमै उनीहरूको संसार अडिएको छ । किसानको उत्पादन सस्तोमा किनेर महंगोमा बिक्री गर्ने ब्यापारीलाई आर्थिक फाइदा भए पनि चौरी पालक किसान भने मारमा छन् । ऋण गरेर चौरी पालेको तर वर्षौंसम्म पनि आफू ऋणमुक्त हुन नसकेको नालुङ शेर्पा बताउँछन् ।

कुनै बेला ‘चौरीको राजधानी’ भनेर चिनिने सिन्धुपाल्चोकमा चौंरीपालन संकटमा पर्दै गएको छ । चौरी गोठमा जन्मिएका र हुर्किएका अधिकांश युवा वैदेशिक रोजगारीमा गएपछि यो व्यवसाय संकटमा पर्न थालेको हो । नौ महिनासम्म हिमाली खर्कमा बिताउँदै चौंरीपालन गर्न युवाको आकर्षण नभएपछि यो व्यवसाय संकटमा पर्दै गएको सिन्धुपाल्चोकको तेम्बाथनका किसान पासाङ तेम्बु शेर्पाले बताए । अहिले चौरी पालन पेसा व्यवसायभन्दा पनि बाध्यता बनेकोे छ ।

यस भेगका तामाङ र शेर्पा जातिको मुख्य आम्दानीको स्रोत नै यही हो । चौरीको दूधबाट बन्ने चिज, मख्खन, छुर्पीलगायत परिकारको बजारमा अझै माग बढ्दो छ । तर चौरी पाल्नेहरूको संख्या घटेपछि अहिले मागअनुसारको आपूर्ति हुनसकेको छैन । परम्परा धान्ने नाममा होस् या जानेको कामको निरन्तरता पशुपालनभन्दा परको संसार देख्नै बाँकी छ यहाँका स्थानीयले । परम्परागत पेसा धान्दै आएका बुढाबुढीका लागि अहिले यो पेसा बाध्यता बन्न थालेको छ ।

बिमा कार्यक्रमले चौरी पालक किसान खुसी

नयाँ पुस्ताको आकर्षण हट्दै गएपछि चौंरीको संरक्षण गर्न हेलम्बु र जुगल गाउँपालिकाले बीमा कार्यक्रम ल्याएका छन् । एउटा चौंरीकै ८० हजारदेखि एक लाखसम्म मूल्य पर्ने भएकाले बीमाले केही राहत पुगेको किसान नोर्शाङ शेर्पाको भनाइ छ ।

चौरी पालनमा सरकारले प्रोत्साहनका कार्यक्रम नल्याएको, शिक्षित स्थानीय युवाहरू गाउँ नभएका, अस्पताल अभाव, व्यावसायिक चौरी पालनमा पशुपालकको पनि चासो नहुनुलगायत थुप्रै कारणले अबको केही वर्षमा चौरी पालन जीविकोपार्जनमा मात्र सीमित हुने या हराएरै जाने यहाँका स्थानीय बताउँछन् ।

सिन्धुपाल्चोकमा एक सय ३१ कृषक चौरी पालनमा आवद्ध छन् । बाह्रबिसे नगरपालिका, भोटेकोसी, जुगल, पाँचपोखरी र हेलम्बु गाउँपालिकामा चौरी पालन हुने गरेको छ । हाल बृद्धबृद्धाले धान्दै आएको परम्परागत पेसाको जगेर्ना गर्न यसमा युवाको आकर्षण बढाउन जरुरी छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १२:३३ मा प्रकाशित

You can share this post!

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

कर्णाली प्रदेश : ६ वर्षमा तीन अर्ब आन्तरिक आम्दानी   

वि.सं.२०८१ असार ३ सोमवार १६:४९

भेरीगङ्गा (सुर्खेत), ३ असार : कर्णाली प्रदेश सरकारले विगत ६...

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत   

वि.सं.२०८१ असार ३ सोमवार १६:२९

कोलम्बो(श्रीलङ्का), ३असार : श्रीलङ्काले सोमबार पहिलो त्रैमासिकमा कमजोर विदेशी मुद्रा सङ्कटबाट...

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

इन्जिनमा आगलागीपछि विमानको सकुशल अवतरण   

वि.सं.२०८१ असार ३ सोमवार १६:२१

वेलिङ्गटन, १७ जेठ :अस्ट्रेलियाको मेलबर्नका लागि उडेको यात्रुवाहक विमानलाई न्युजिल्याण्डमा...

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

संसद्का कर्मचारीका माग सम्बोधन गराउन पहल गर्ने निर्णय   

वि.सं.२०८१ असार ३ सोमवार १६:१८

काठमाडौँ, ३ असार : सङ्घीय संसद् सचिवालयका कर्मचारीको सेवा सुविधासम्बन्धी...

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

ट्याङ्कर चालक सङ्घको हडताल फिर्ता, आजैदेखि इन्धन सहज हुने   

वि.सं.२०८१ असार ३ सोमवार १६:१३

काठमाडौँ, ३ असार : सरकारसँग चारबुँदे सहमतिपछि आन्दोलनरत नेपाल पेट्रोलियम...

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

वि.सं.२०८१ असार ३ सोमवार १६:००

मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सकिएको छ...