back
NMB ad

जिल्ला अस्पताल लमजुङमा दैनिक साढे तीन सयभन्दा बढी विरामी उपचारमा आउँछन्

Kumari bank ad

लमजुङ । जिल्ला अस्पताल लमजुङमा विरामीको चाप बढेको छ । दैनिक तीन सय ५० जनासम्म विरामी आउने गरेको अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख हेमन्त श्रेष्ठका अनुसार दैनिक तीन सयदेखि तीन सय ५० जनासम्म अस्पतालमा स्वास्थ्य परीक्षणका लागि आउने गरेका छन् ।

अस्पतालमा साउनयता विरामीको संख्या बढ्दै गएको छ । वृद्धवृद्धा, बयस्कदेखि वृद्धवृद्धासम्म विरामी परेका छन् । अधिकांशका ज्वरो, रुघाखोकी, झाडापखाला, पेट दुख्ने र दमका बिरामीहरू बढी देखिएको छ ।

वर्षातको समय, गर्मी मौसम, दूषित पानीको प्रयोग, खानपानमा ध्यान नपुग्दा विरामी बढेको चिकित्सकहरू बताउँछन् । वृद्धवृद्धा र बालबालिकाको रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरूमा छिट्टै संक्रमण हुने गरेको छ ।

वृद्धवृद्धामा दम, छाती दुख्ने समस्या र बालबालिकामा सुक्खा खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या बढी देखिएको छ । अस्पतालमा आउनेलाई खानपानमा र सरसफाईमा ध्यान पुर्‍याउन अस्पतालले सल्लाह, परामर्श दिँदै आएको छ ।

वि.सं.२०७९ भदौ २२ बुधवार १२:४२ मा प्रकाशित

You can share this post!

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

द सोल्टि होटेल ग्रुप र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १४ सोमवार १२:४७

काठमाडौं । सोल्टिमोड,काठमाडौँ स्थित द सोल्टि होटेल ग्रुप र प्रभु...

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

गोरखाको साम्दोमा सशस्त्र प्रहरीको ‘बोर्डर आउट पोष्ट’ स्थापना   

वि.सं.२०८१ जेठ १४ सोमवार १२:१७

काठमाडौँ, १४ जेठ : मुलुकको सीमा रक्षाको प्रमुख जिम्मेवार बोकेको...

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

बजेटको करिब १५ प्रतिशत सामाजिक सुरक्षामा खर्च   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:५९

काठमाडौँ, १४ जेठ : नागरिकको आर्थिक जोखिम न्यूनीकरण गर्न तथा...

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

चार सवारी साधन दुर्घटनाः मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो   

वि.सं.२०८१ जेठ १४ सोमवार ११:३४

चितवन, १४ जेठः नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी...

भोलि सार्वजनिक बिदा

भोलि सार्वजनिक बिदा

वि.सं.२०८१ जेठ १४ सोमवार ११:२३

काठमाडौं । सरकारले भोलि जेठ १५ गते सार्वजनिक बिदा दिएको...

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १०:४८

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...