back
NMB ad

नेशनल लाईफ इन्स्योरेन्सद्वारा पोखरामा ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” सम्पन्न

Kumari bank ad

काठमाडौं । “एक्सेल एण्ड इलेभेट” २०७९/८०” नाराकासाथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले ३ दिने “इम्प्लोयी स्किल इन्हान्समेन्ट ओर्कसप” पोखरामा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको कार्यक्रम कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले उद्घाटन गरेकी थिइन् । अध्यक्ष सिंहले दक्ष कर्मचारीहरुबाट नै उत्कृष्ट परिणाम प्राप्त गर्न सकिने भएकोले कम्पनीको कर्मचारीहरुको दक्षता अभिवृद्धिको लागि आवश्यक लगानी गर्दै जाने जानकारी गराइन् । सम्मेलनमा विभागिय प्रमुख सहित देशै भरीबाट प्रशासनिक कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले बीमा व्यवसाय प्रतिस्पर्धात्मक हुँदै गइरहेको वर्तमान स्थितीमा आफ्नो दक्षता, मेहनत र आपसी समन्वयबाट कम्पनीको व्यवसायिक लक्ष्य हासील गरी बीमा बजारमा कम्पनीलाई अग्र स्थानमा पु¥याउन मार्केटिङ कर्मचारीहरुको जत्तिकै भुमिका प्रशासनिक कर्मचारीहरुको पनि हुने भएकोले सबैले आ–आफ्नो जिम्मेवारी वहन गर्दै यस सम्बन्धमा अधिकतम प्रयास गर्न उत्प्रेरणा प्रदान गरे ।

प्रमुख कार्यकारी अधिकृत खत्रीले बीमा समितिवाट कर्मचारी दक्षता अभिबृद्धि कार्यक्रम संचालन गर्नु पर्ने निर्देशन प्राप्त भए अनुसार यो कार्यक्रम संचालन गरिएको र आगामी वर्षहरुमा पनि यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिने जानकारी गराए ।

कार्यक्रममा नियमनकारी निकाय बीमा समितिका निर्देशक सुशील देव सुवेदीले नेपालको बीमा क्षेत्रमा संस्थागत सुशासनको अवस्था र यस सम्बन्धमा नियामक निकायवाट भएका विस्तृत प्रयासहरु सम्बन्धमा गहन जानकारी गराएका थिए ।

सम्मेलनमा सहभागि कर्मचारीहरुलाईे चर्चित संचारकर्मी एवं मिस नेपाल (२००५) सुगारिका के.सी.ले ब्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेकि थिइन् ।

नेपाल पूर्नबीमा कम्पनीको पूर्व प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले कार्यक्रममा जोखिमाङ्कन प्रक्रृयाको महत्वमा प्रकाश पारेका थिए । साथै कम्पनीका विभागिय प्रमुखहरुले कम्पनीको प्रशासनिक कार्यहरु सम्पन्न गर्ने क्रममा विभिन्न समस्याहरुको पहिचान गरी सहजिकरण गर्दै कम्पनीका ग्राहक तथा अभिकर्ता वर्गहरुलाई छिटो छरितो र विश्वासिलो सेवा प्रदान गर्ने उपायहरुका बारेमा जानकारी गराएका थिए ।

सम्मेलनमा उत्कृष्ट कार्य गर्ने ५ जना कर्मचारीहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीबाट सम्मान तथा पुरस्कृत गर्दे कार्यक्रम समापन गरिएको थियो ।

वि.सं.२०७९ भदौ २२ बुधवार २०:१९ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...