back
NMB ad

मुगु पूर्णखोप सुनिश्चित जिल्ला घोषणा

Kumari bank ad

मुगु  ।  कर्णाली प्रदेशको जिल्ला मुगु पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा भएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा घोषणा भएको हो । 

स्थानीय तह र वडासँगको समन्वयमा घरधुरी सर्वेक्षण गरी प्राप्त प्रतिवेदनको आधारमा जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणासभा भएको जिल्ला खोप समन्वय समिति सचिव एवं स्वास्थ्य कार्यालय मुगुका  प्रमुख उमेश गौतमले बताए ।  

जिल्लाका छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगुम कार्मारोङ्ग गाउँपालिकाका ४ वटै सबै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता घोषणा गरिसकेकोले सोही प्रावधान बमोजिम जिल्लालाई पनि घोषणा गरिएको कार्यालय प्रमुख गौतमको भनाई छ । 

जिल्ला पूर्णखोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति उपप्रमुख नैली कार्कीको अध्यक्षतामा औपचारिक कार्यक्रम गरी जिल्लालाई पूर्णखोप सुनिश्चितता घोषणा भएको थियो । घोषणासँगै कार्यक्रमका सहभागीले पूर्णखोप सुनिश्चितता तथा दिगोपनाका लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका थिए ।

पूर्ण खोप घोषणा कार्यक्रममा छायानाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णु कुमार भाम, सोरु गाउँपालिकाका अध्यक्ष धर्म बहादुर शाही र मुगुम कार्मारोङ्ग गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा लगायतले मन्तव्य राख्दै पूर्णखोप सुनिश्चितता सँगै यसको दिगोपना प्रभावकारी कार्यान्वयनमा विशेष ध्यान दिनुपर्ने बताए ।

जिल्लाको मुगुम कार्मारोङ्ग गाउँपालिकाले भदौ १९ गते घोषणा गरेको थियो । यस्तै सोरु गाउँपालिकाले २० गते गरेको छ भने छायानाथ रारा नगरपालिकाले २१ गते गरेको थियो । 

मुगु जिल्लाको लागि कर्णाली प्रदेश अन्तर्गत ७ औं स्थानमा भएको हो भने मुलुकमा ७० औ स्थानमा पूर्ण खोप सुनिश्चितता घोषणा भएको जनाइएको छ । 

स्वास्थ्य कार्यालयको अद्यावधिक विवरण अनुसार जिल्लामा राष्ट्रिय खोप तालिका अनुसार १५ महिना मुनिका १ हजार ६ सय ८८  बालबालिकाहरूले खोप लिइरहेको पाइएको छ । यसैगरी जिल्लाभर १६ देखि २३ महिना सम्मका १ हजार १२ जना बालबालिकाहरूले राष्ट्रिय खोप तालिका बमोजिम सम्पूर्ण खोप प्राप्त गरी पूर्णखोप जिल्ला घोषणा गरिएको स्वास्थ्य सेवा कार्यालय मुगुले जनाउको छ ।  

खोप पाउने उमेर समूहका सम्पूर्ण बालबालिकाले नियमित खोप पाइरहेको सुनिश्चितता भएसँगै जिल्लालाई पूर्ण खोप युक्त जिल्ला घोषणा भएको थियो । पूर्ण खोप सुनिश्चितता र दिगोपनाका लागि प्रत्येक वर्ष सर्वेक्षण र घोषणा गर्ने प्रावधान छ । घोषणा कार्यक्रममा विभिन्न कार्यक्रमको आयोजना गरिएको थियो भने महाकाली नमुना मावि र रारा बोडिङ्ग स्कुलका विद्यार्थीहरू खोप सम्बन्धी जनचेतना मूलक नाटक प्रदर्शन गरेका थिए । 

नेपालको संविधानको धारा ३५ मा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन भनी स्वास्थ्य सेवालाई नागरिकको मौलिक हकको रूपमा स्थापित गरेको छ । कार्यक्रम आज बिहान बाजागाजासहित बजार परिक्रमा गरी मनाइएको थियो ।

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:२४ मा प्रकाशित

You can share this post!

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

कुमारी बैंक र होटल भिन्टेज होम बीच सम्झौता

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१९

काठमाडौं । कुमारी बैंक लिमिटेड र होटल भिन्टेज होम, भक्तपुर...

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

सहमतिका साथ अघि बढ्न उपप्रधानमन्त्री लामिछानेको आह्वान   

वि.सं.२०८१ जेठ ६ आइतवार २०:१३

काठमाडौँ, ६ जेठः उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आरोप–प्रत्यारोपको शृङ्खला...

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

नेशनल लाईफले गर्यो ८० जना अभिकर्ताहरुलाई सम्मान

वि.सं.२०८१ जेठ ६ आइतवार २०:०१

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले इटहरी स्थित होटल सोल्टी...

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

नेपाल वेयरहाउजिङ्ग कम्पनीको कारोवार संचालनमा

वि.सं.२०८१ जेठ ६ आइतवार १९:५१

काठमाडौं । नेपाल वेयरहाउजिङ्ग कंपनी लिमिटेडले पर्सा जिल्ला, पर्सागढि-१, विरूवागुठी...

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा साढे पाँच अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:४१

वीरगञ्ज (पर्सा), ६ जेठ : आन्तरिक राजस्व कार्यालय वीरगञ्जले चालु...

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

सतर्कता केन्द्रद्वारा चार मन्त्रालयमा अनुगमन : १६ कर्मचारी अनुपस्थित, ७८ ढिला उपस्थित   

वि.सं.२०८१ जेठ ६ आइतवार १९:३८

काठमाडौँ, ६ जेठ : राष्ट्रिय सतर्कता केन्द्रले सिंहदरवारभित्रका विभिन्न चारवटा...