back
NMB ad

भदौ ३१ गतेदेखि आईपीओ निष्कासन गर्दै पिपुल्स हाइड्रोपावर, कति कहिलेसम्म दिने आवेदन ?

Kumari bank ad

काठमाडौं । पिपुल्स हाइड्रोपावर लिमिटेडले भदौ ३१ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो।

कम्पनीले स्थानीयलाई जारी पुँजीको ३ अर्ब २० करोड रुपैयाँ बराबरको ३२ लाख कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमध्ये आयोजना प्रभावित क्षेत्र अर्थात् लमजुङ जिल्लाको प्रभावित क्षेत्र दोर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानीय बासिन्दाहरुका लागि ९ लाख ६० हजार कित्ता सेयर छुट्याइएको छ र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि  २२ लाख ४० हजार कित्ता सेयर बाँडफाँड गरिनेछ।

लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्। निष्कासन बन्द छिटोमा असोज १४ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद असोज ३० गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले ग्लोबल आईएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

वि.सं.२०७९ भदौ २३ बिहीवार ०७:४४ मा प्रकाशित

You can share this post!

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

बोर्डिङमा भन्दा सामुदायिक विद्यालयमा आकर्षण   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:३०

कीर्तिपुर (काठमाडौँ), ४ जेठ : वरिपरि बोर्डिङ स्कूल नभएका होइनन्...

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

सवारी कर्जाको जोखिमभार घटाएर १०० प्रतिशत कायम

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले जोखिमभार १०० प्रतिशतमा झारेको छ ।...

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

मिथिलामा धुमधामका साथ जानकी नवमी मनाइँदै   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५८

महोत्तरी, ४ जेठ : प्राचीन मिथिला क्षेत्रमा आज धुमधामका साथ...

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको तेस्रो समिक्षा सार्वजनिक (पूर्णपाठ)

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:५१

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा...

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

दश वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्दैछौँ, त्यसमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुनेछ: प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:४३

काठमाडौँ, ४ जेठ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १० वर्षमा १०...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ ४ शुक्रवार ११:३७

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...