काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स र नारायणी समुदायिक अस्पताल बीच सम्झौता सम्झौता भएको छ ।
कम्पनीबाट औषधोपचार तथा दुर्घटना बीमालेख खरिद गरेका बीमितहरूले बीमालेखको सीमा र शर्तहरूको अधिनमा रहि नारायणी समुदायिक अस्पतालबाट नगदरहित उपचार सुबिधा प्राप्त गर्ने गरी उक्त सम्झौता भएको हो ।
यस सम्बन्धी सम्झौतामा लुम्बिनी जनरल इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत एन.पि. प्रधान र अस्पतालका अध्यक्ष डा. भक्तमान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
वि.सं.२०७९ भदौ २६ आइतवार १२:०७ मा प्रकाशित