back

ग्लोबल आइएमई बैंकले ल्यायो हालसम्मकै ठूलो क्यासब्याक अफर

काठमाडौं । ग्लोबल आइएमई बैंकका एसिटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् । बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिज्सँगको सहकार्यमा यसपालीको दशैंका लागि एससिटी डेबिट कार्ड भएका ग्राहक लक्षित एससिटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर” अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्ने बैंकले प्रेस विज्ञप्ति मार्फत जनाएको छ ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल पिओएस टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने एससिटी डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनेछन् ।

यस योजना पश्चात एससिटी कार्ड होल्डर ग्राहकहरूलाई एससिटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।
असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पिओएस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पिओएस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने बैंकले जनाएको छ ।

वि.सं.२०७९ भदौ ३० बिहीवार १८:५७ मा प्रकाशित

You can share this post!

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुँदै

वि.सं.२०७९ चैत १५ बुधवार १६:४०

काठमाडौं । नबिल बैंकको दुई वटा शाखा कार्यालय स्थानान्तरण हुने...

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

ज्योति विकास बैंकद्वारा वित्तीय साक्षरताका विभिन्न कार्यक्रम सम्पन्न

वि.सं.२०७९ चैत १५ बुधवार १६:१९

काठमाडौं । ज्योति विकास बैंकले ग्लोबल मनी विक २०२३ अभियान...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको सिईओमा चंकी क्षेत्री नियुक्त

वि.सं.२०७९ चैत १५ बुधवार १६:०१

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको सिईओमा चङकी क्षेत्री नियुक्त...

दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

दुई लघुवित्तको बोनस सेयरमा मूल्य समायोजन, भोली कतिमा खुल्ला कारोबार ?

वि.सं.२०७९ चैत १५ बुधवार १५:४५

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले दुई कम्पनीको मूल्य समायोजन...

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी विक

वि.सं.२०७९ चैत १५ बुधवार १५:२६

काठमाडौं । ग्लोबल आइएमई बैंकले युवा/विद्यार्थीहरू माझ वित्तीय साक्षरता प्रवर्द्धन...

थप ७६ लाख ३७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ७६ लाख ३७ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०७९ चैत १५ बुधवार १३:४०

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज मुक्तिनाथ विकास बैंकको...