काठमाडौं । आईतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । आज बजार ३३.९७ अंकले घटेको हो ।
उक्त दिन सबैभन्दा बढी लक्ष्मी बैंकको सेयर कारोबार भएको छ । आज कम्पनीको २१ करोड ३८ लाख ४४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
कारोबार रकमकै आधारमा दोस्रो स्थानमा रहेको प्रभु बैंक लिमिटेडको प्रमोटर सेयरको १९ करोड ५८ लाख ४५ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
नेपाल दुरसंचार कम्पनीको कम्पनीको ५ करोड ३४ लाख ९७ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।
यस्तै, उक्त दिन नेपाल नेपाल लाईफ इन्स्योरेन्सको ४ करोड ४५ लाख ७२ हजार र रिडी पावर कम्पनीको ३ करोड ६८ लाख ६२ हजार रुपैंया बराबरको कारोबार भएको छ ।
वि.सं.२०७९ असोज २ आइतवार १५:१८ मा प्रकाशित