back
NMB ad

सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा, एकतिहाई उजुरी स्थानीयसँग सम्बन्धित

Kumari bank ad

काठमाडौं । नेपालमा सबैभन्दा बढी भ्रष्टाचार स्थानीय तहमा हुने गरेको पाइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हालै सार्वजनिक गरेको आफ्नो ३२औं वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८/७९) मा उक्त कुरा उल्लेख गरिएको छ ।

अख्तियारका अनुसार गत आर्थिक वर्ष परेका उजुरी मध्ये सबैभन्दा बढी स्थानीय तहसँग सम्बन्धित छन् । परेका उजुरीमध्ये ३३.१ प्रतिशत स्थानीय तह (संङघीय मामिला मन्त्रालय समेत)सँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

परेका उजुरीमध्ये १५.३ प्रतिशत शिक्षा (स्थानीय तहसमेत), ७.७ प्रतिशत भूमि प्रशासन, ४.६ प्रतिशत वन तथा वातावरण, ३.९ प्रतिशत स्वास्थ्य तथा जनसंख्या, ३.८ प्रतिशत भौतिक पूर्वाधार तथा यातायात, ३.७ प्रतिशत गृह प्रशासन र ३.२ प्रतिशत उद्योग तथा वाणिज्यसँग सम्बन्धित रहेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, ३.१ प्रतिशत उर्जा, जलस्रोत तथा सिंचाई, २.९ प्रतिशत खानेपानी तथा सहरी विकास, १.९ प्रतिशत अर्थ, १.९ प्रतिशत कृषि तथा पशुपन्क्षी र ०.९ प्रतिशत सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित रहेको अख्तियारले जनाएको छ ।

प्रतिवेदन अनुसार ५.७ प्रतिशत नक्कली शैक्षिक प्रमाणपत्र, ४.८ प्रतिशत गैरकानुनी सम्पत्ति आर्जन र ३ प्रतिशत अन्य नियकासँग सम्बन्धित उजुरी रहेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगमा विभिन्न माध्यमबाट कुल १६ हजार २३८ उजुरीहरु परेका थिए । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ८ हजार ९३ उजुरीसहित कारवाही गर्नुपर्ने उजुरीहरु २४ हजार ३३१ वटा रहेका थिए । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा उजुरीको कुल संख्या २२ हजार ६२५ रहेको थियो ।

गत आर्थिक वर्ष परेका उजुरीमध्ये १७ हजार १६ (वटा ९७०.६ प्रतिशत) प्रारम्भिक छानबिनबाट फछ्र्यौट भएको अख्तियारले जनाएको छ ।

आर्थिक वर्ष २०७८र७९ मा फछ्र्यौट भएकामध्ये ८२३ वटा उजुरीउपर विस्तृत अनुसन्धान गरिएको, ५ हजार ३०२ उजुरी तामेली गरिएको, ४७४ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १० हजार ५७० उजुरीउपर कानुनबमोजिम अन्य आवश्यक कारवाही गरिएको प्रतिवेदनमा उल्लेख छ ।

वि.सं.२०७९ असोज ६ बिहीवार ११:४२ मा प्रकाशित

You can share this post!

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो तीन कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१८

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकको गिरावट, यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख २३ आइतवार १५:१२

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले...