काठमाडौं । सिद्धार्थ क्यापिटलले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको भदौ १९ गते बसेको सञ्चालक समितिको बैठकले असोज २८ गते साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय नारायणचौर, नक्साल, काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा कम्पनीले २५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्नेछ । जसअनुसार कम्पनीले ५ करोड रुपैयाँ नगद लाभांशमा खर्च गर्नेछ ।
सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०७९/८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
वि.सं.२०७९ असोज ६ बिहीवार १२:१५ मा प्रकाशित