back
NMB ad

राष्ट्रसंघको महासभामा बाइडेने भने—इरानका प्रदर्शनकारीसँग मेरो ऐक्यबद्धता

Kumari bank ad

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले इरानका महिला प्रदर्शनकारीसँग आफ्नो ऐक्यबद्धता रहेको जनाएका छन् । प्रहरीद्वारा गिरफ्तार गरिएकी एक युवतीको मृत्युको विरोधमा भइरहेका प्रदर्शनमा अन्य ८ जनाको मृत्यु भइरहेका बेला राष्ट्रपति बाइडेनले प्रदर्शनकारीसँग आफ्नो एक्यबद्धता रहेको बताएका हुन् ।

इरानी राष्ट्रपति इब्राहिम राईसीको भाषणको लगक्तै संयुक्त राष्ट्र संघको महासभालाई सम्बोधन गर्दै बाइडेनले तेहरानका प्रदर्शनकारीहरूलाई अभिवादन गरे ।

“आज हामी साहसी नागरिकहरू र इरानका साहसी महिलाहरूसँग एकबद्ध छौं जो अहिले आफ्नो आधारभूत अधिकार सुरक्षित गर्न प्रदर्शन गरिरहेका छन्,“ बाइडेनले महासभालाई सम्बोधन गर्ने क्रममा भने ।

हिजाब कानुन उल्लंघन गरेको आरोपमा पक्राउ परेकी एक महिलाको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाले तीब्र विरोध प्रदर्शन गरेका छन् । आक्रोशित प्रदर्शनकारीहरुले सार्वजनिक स्थलमै स्कार्फ जलाएका छन् । विभिन्न ठाउँमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएका छन् ।

प्रदर्शन नियन्त्रण गर्न सरकारले पानीको छर्रा, अश्र्रु ग्यास र रबरका गोली प्रहार गरेको छ । कम्तीमा तीन जना प्रदर्शनकारी घाइते भएका छन् ।

तीन दिनसम्म कोमामा रहेकी महसा अमिनीको शुक्रबार अस्पतालमा निधन भएको थियो । अमिनीलाई इरानको प्रहरीले गत साता राजधानीमा गिरफ्तार गरेको थियो । उनीमाथि हिजाब उल्लंघन गरेको आरोप लगाइएको थियो ।

वि.सं.२०७९ असोज ६ बिहीवार १२:०५ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

ग्लोबल आइएमई बैंकका ग्राहकलाई दराजमा १५ प्रतिशत छुट

वि.सं.२०८१ जेठ १३ आइतवार १७:१५

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कार्ड बाहक ग्राहकहरुलाई...

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

जलवायुको उच्च जोखिम भएका मुलुकमध्ये नेपाल १०औंँ स्थानमा   

वि.सं.२०८१ जेठ १३ आइतवार १७:०४

काठमाडौँ, १३ जेठ : नेपाल भू–बनोट र भौगर्भिक विशिष्टताका कारण...

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

सार्वजनिक संस्थानको अवस्था : २६ नाफामा, १५ घाटामा, तीनवटाको कारोबार शून्य   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:३०

काठमाडौँ, १३ जेठ : हाल सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक...

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

तराईमा केहीदिन अत्यधिक गर्मीको सम्भावना   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:२३

काठमाडौँ, १३ जेठ : मौसम पूर्वानुमान महाशाखाले आगामी केहीदिनसम्म तराईका...

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

प्रस्तुत नीति तथा कार्यक्रमले सुशासन, सामाजिक न्यायसहितको राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने लक्ष्य लिएको छः प्रधानमन्त्री   

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१८

काठमाडौँ, १३ जेठ : प्रधानमन्त्री पुष्मकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ जेठ १३ आइतवार १६:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले आइतबार एक कम्पनीको मूल्य...