back
mega bank Ad
Hero Ad

सरकारले गर्‍यो पाँच सचिवको सरुवा

काठमाडौं । सरकारले थप पाँच सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले खेलकुद, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र कानुन मन्त्रालयका सचिवको सरुवा गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सूर्य प्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सरुवा गरिएको छ । खेलकुदका सचिव डा. दामोदर गौतमको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको अतिरिक्त सरुवा गरिएको छ । केही दिनअघि सरुवा भई अतिरिक्तमा रहेका सुमनराज अर्याललाई सोही कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव(कानुन) धनराज ज्ञवालीलाई कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ । कानुनका उदयराज सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यद्यपि कानुनतर्फको हकमा म्याचुअर्ड हुन बाँकी छ ।

वि.सं.२०७९ असोज ९ आइतवार २०:२८ मा प्रकाशित

You can share this post!

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:१८

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजार १६.६१ अंकले...

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

नेप्से १६.६१ अंकले घट्यो, कारोबार रकम बढ्दा यी कम्पनीका लगानीकर्ता मालमाल

वि.सं.२०७९ मंसिर २१ बुधवार १५:०८

काठमाडौं । आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ...

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

धितोपत्र बोर्डद्वारा सनराइज फोकस्ड इक्विटी फण्ड स्विकृत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:५४

काठमाडौं । सनराइज बैंक लिमिटेडद्वारा प्रवद्र्धन गरिएको तथा सनराइज क्यापिटल...

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

बुद्ध एयरले १ मंसिरदेखि काठमाडौं–सुर्खेत उडान एटिआर ७२ विमानमार्फत गर्ने

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:४२

काठमाडौं । बुद्ध  एयरले १६ डिसेम्बर ०२२ (१ मंसिर) देखि काठमाडौं–सुर्खेत...

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

चोलेन्द्रलाई निवासबाट सर्वोच्च जान नरोक्ने सरकारको संकेत

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:३२

काठमाडौं । सरकारले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जबरालाई सरकारी निवासबाट सर्वोच्च...

तारा एयरको जहाजमा चरा ठोक्कियो

तारा एयरको जहाजमा चरा ठोक्कियो

वि.सं.२०७९ मंसिर २१ बुधवार १४:२६

सुर्खेत । नेपालगन्जबाट हुम्लाका लागि उडेको जहाजमा चरा ठोक्किएको छ...